आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेवारी नृत्य कार्यशाला सकियो

नेवारी नृत्य कार्यशाला सकियो


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७८, बिहिबार

पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेवार समुदायको कुमारी र धिमे नृत्य कार्यशाला सकिएको छ । सप्तक संगीत सांस्कृतिक केन्द्रको सहकार्यमा स्याङजाको वालिङमा भएको कार्यशालामा ३० जना प्रशिक्षार्थी सहभागी बने ।
अधिकांश सहभागी स्याङजा जिल्लाबाट रहेको भएपनि कास्कीबाट २ जना, लमजुङबाट २ जना र तनहुँबाट एक जना प्रशिक्षार्थी समेत सहभागी बनेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
पाँच दिनसम्म सञ्चालन गरिएको कार्यशालामा सहभागी बन्नेमा प्रीती गुरुङ, सलीना थापा, सोनिगा श्रेष्ठ, पूनम श्रेष्ठ, बाजिंद्र बुढा मगर, आशा थापा श्रेष्ठ, अञ्जली श्रेष्ठ, रविना मिजार, उषा श्रेष्ठ, लील बहादुर थापा, ममता कुँवर, अरुणा मगर, दीपिका सुनार थिए ।

यसैगरी सुनू सुनार, जमुना विक, धनमाया क्षेत्री, कुशुम गैह्रे, खौं माया गुरुङ, सीमा राना, करन श्रेष्ठ, इच्छा मानन्धर, प्रतिमा श्रेष्ठ, राधिका श्रेष्ठ, सृष्टि विश्वकर्मा, शिला गोतामे, स्नेहा मल्ल, कञ्चन श्रेष्ठ, भुमिका थापा मगर, युवराज गुरुङ र जलन गुरुङ समेत कार्यशालामा सहभागी बने । कार्यशालाको सहजीकरण स्वजन रघुवंशी र शिरिष महर्जन गरेको कार्यक्रम संयोजक गमबहादुर गुरुङले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->