आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सन्तोषको ‘आज म आइपुगें’ को म्यूजिक भिडियो सार्वजनिक

सन्तोषको ‘आज म आइपुगें’ को म्यूजिक भिडियो सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०७८, शनिबार

पोखरा/ सन्तोष अधिकारी अभिनित ‘आज म आइपुगें’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा सन्तोषसँगै पूजा पन्त क्षेत्री, घनश्याम लामिछाने र कृति अधिकारीको अभिनय रहेको छ । सुरज शाही ठकुरीको आवाज रहेको गीतलाई अजयकुमार अधिकारीले लेखेका हुन् । संगीत समेत अजय कै हो । गीतको म्युजिक भिडियोमा नेपाली लाहुरेको प्रेमिल कथालाई प्रस्तुत गर्न खोजिएको छ ।

एएसएपी इन्टरटेन्मेन्टको प्रस्तुतिमा सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निशान कास्यपले निर्देशन गरेका हुन् । ‘आज म आइपुगें’ म्युजिक भिडियोबाट सन्तोष अधिकारी आशावादी देखिन्छन् । भन्छन्, ‘यो नेपाली लाहुरेहरुको प्रेमको कथा हो । प्रेमीकाले आफ्नो दाइका कारण प्रेमीलाई भेट्न नपाउनु र लाहुरेले भगाएर लगेको विषयवस्तुलाई म्युजिक भिडियोमा समावेश गरिएको छ ।’ म्युजिक भिडियो हेर्दा दर्शकले आफ्नै कथा भेट्ने अधिकारी बताउँछन् । गीत–संगीतको उत्थानका लागि आफूसधैँ प्रतिबद्ध रहेको भनाई उनको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->