आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कविता : निरन्तर अघि बढ

कविता : निरन्तर अघि बढ


  • दुर्गालाल तिवारी
  • माघ ८ २०७८, शनिबार

हुर्कन्छ एउटा बिरुवा पनि, सहेर हावाको प्रहार
मान्छे हो चेतनशिल बढ अघि ,तरेर ती जंघार ।
आउँछन् कहिले तिम्रो बाटोमा, वर्षे भेलहरु पनि
बनाउँदै साँघु तर्दै जाऊ अघि, कत्ति डर नमानी ।।

आउँछन् कहिले पहराहरु अघि, बाटोमा तगारो बनी
बनाउदै बाटो बढ अघि तिमी, छिनोले पहरा खनी ।
रोकिन्छ कहिले तिमी हिँड्ने बाटो, आएर अघि पहिरो
मोडेर फेरि नयाँ बाटो बनाऊ, सोचविचार गरि गहिरो ।।

आउन सक्छन् जटिलता धेरै, लाग्न सक्छ बाटोमा आगो
तोड्नलाई घेरा लगाऊ आफैं आगो, तिमी बनेर चनाखो ।
हेरेर तिमी बढ्दै जाऊ अघि, त्यो क्षितिजको उज्यालो
छिचोल्दै कुहिरो आउने छ रवि, पाउने छौ तिमी न्यानो ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->