आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लोक भजन संरक्षण अभियान

लोक भजन संरक्षण अभियान


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७८, आइतबार

‘हामीसँग कला छ, संस्कृति छ, संग्रह गरेर राख्ने र प्रचार गर्ने गरेका छैनौं । अब हाम्रो अभियान कला र संस्कृति अरुलाई देखाउने र सिकाउने हो ।’

बागलुङ/ जिल्ला भजन समिति बागलुङले परम्परागत लोक भजन संरक्षणका लागि वाद्यवाधन जोहो गर्ने अभियान थालेको छ । स्थानीय भजनको संरक्षणका लागि आवश्यक वाद्यवाधनका सामाग्री जुटाउन समितिले आर्थिक संकलन अभियान थालेको हो ।
तत्काल वाद्यवाधनका सामाग्रीको अभाव भएपनि पुराना लोक भजन बचाउनका लागि प्रशिक्षण केन्द्र नै स्थापना गरी अभियान सुरु गरिएको जिल्ला भजन समितिका संयोजक टेक बहादुर केसी ‘संगम’ले बताए ।

पुराना र नयाँ पुस्तालाई जोडेर भजनको संरक्षण अभियान थालिएको उनले बताए । ‘बागलुङमा गाउँअनुसार धेरै लय भाकाका राम्रा भजनहरु छन्,’ केसी भन्छन्, ‘यी सांस्कृतिक सम्पत्तिको संरक्षण हामीले नगरे कस्ले गर्छ ? त्यसैले लोक भजनको संरक्षणमा लागेका छौं ।’
समयमा अभियान नचलाउने हो भने मौलिक लय र भाकाका पुराना भजन हराउनबाट जोगिने उनको तर्क छ । भजन संरक्षणका लागि आवश्यक बाद्यबाधन जुटाउनका लागि देश विदेशमा सहयोग संकलन अभियान स्वस्फुर्त सञ्चालन भैरहेको केसीले जानकारी दिए ।
‘तत्काल हामीलाई चाहिएको स्वर यन्त्र हो, अन्य सामग्री हामीसँग छन्,’ केसीले भने, ‘तीन लाख आवश्यक बजेट हो, दुई लाख जति संकलन भइसकेको छ ।’

अमेरिका लगायतका तेस्रो मुलुक र नेपालमा पनि युवाहरुले समितिको अभियानमा साथ दिएको उनले बताए ।
‘हामीसँग कला छ, संस्कृति छ, संग्रह गरेर राख्ने र प्रचार गर्ने गरेका छैनौं,’ केसी भन्छन् ‘अब हाम्रो अभियान कला र संस्कृति अरुलाई देखाउने र सिकाउने हो ।’ भजनलाई पछिल्लो समय व्यवसायिक रुपमा अगाडि बढाउने विभिन्न प्रयासहरु भएको उनले बताए ।
केही कलाकारहरुले भजनबाटै जिविकोपार्जनका लागि मेहेनत पनि गरेका छन् । भजनलाई व्यवसायिक रुपमा अगाडि बढाउन शब्द चयनदेखि पुराना लय, भाका भुल्न नहुने समितिका सल्लाहकार दुर्गाबहादुर आचार्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->