आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मिस तामाङ पोखराको ग्राण्ड फिनाले आज

मिस तामाङ पोखराको ग्राण्ड फिनाले आज


  • ढोरपाटन संबाददाता
  • माघ १५ २०७८, शनिबार

पोखरा/ छैठौं मिस तामाङ पोखरा–२०२२ को ग्राण्ड फिनाले शनिबार (आज) हुँदै छ । बैदाम तामाङ सेवा समाजद्धारा आयोजित प्रतियोगिता लेकसाईडस्थित बिजीबी रिसोर्टमा भर्चुअल माध्यम मार्फत हुने समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्ने छन् ।
जिया तामाङ, आशिका तामाङ, मनिषा तामाङ, पूजा तामाङ, रेखा तामाङ, कृष्टि तामाङ, मानसी तामाङ, पेमा तामाङ, सृर्जना तामाङ र रितिका तामाङ गरी १० जना प्रतियोगिका रुपमा रहेका छन् ।

सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन, चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङ र पाँचौ संस्करणमा शशिकला तामाङले ताज पहिरिन सफल भएकी थिइन् ।

मिस तामाङ वल्र्ड २०२१ की विजेता स्याङडोमा ब्लोन तामाङको उपस्थितिमा हुने प्रतियोगिता शनिबार दिउँसो २ बजेपछि हुने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी रहेको छ भने न्यूज नेपाल टेलिभिजनले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने छ । कोरोनाका कारण यसपटकको प्रतियोगिता विना दर्शक आयोजना हुने प्रचारप्रसार संयोजक सञ्जय कुमार मल्लले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->