आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मिस तामाङ पोखराको उपाधि मान्सीलाई

मिस तामाङ पोखराको उपाधि मान्सीलाई


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०७८, सोमबार

पोखरा/ बैदाम तामा तामाङ सेवा समाजको आयोजनामा भएको छैटौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले जितेकी छन् । उनले शनिबार पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ९ प्रतियोगीहरुलाई पछि पार्दै बेस्ट स्माइल टाइटल सहित १ लाख पुरस्कार हात पारिन् ।

प्रतियोगितामा मिस अर्गनाइज्डको टाइटलसहित आशिका तामाङ फस्ट रनर अप बनिन् । उनले ५० हजार नगद पुरस्कार प्राप्त गरिन् । यस्तै, सेकेन्ड रनर अप पूजा तामाङ भइन् । उनले ३० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । मिस ट्यालेन्ट सहित भ्युर्यस च्वाइस उपाधि जितेकी पेमा तामाङले २० हजार पुरस्कार प्राप्त गरेकी छिन् ।

यसैगरी, मिस कन्फिडेन्ड कृस्टि तामाङ, बेस्ट हेयर ऋतिका तामाङ, मिस ग्रेसफुल जीया तामाङ, मिस फोटोजेनिक रेखा तामाङ, मिस पपुलर पूजा तामाङ, बेस्ट वाक मनिषा तामाङ र मिस फ्रेन्डली सिर्जना तामाङ बनिन् ।
बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष धनप्रसाद तामाङ, नेपाल तामाङ घेदुङ गण्डकीका प्रमुख सल्लाहकार दिपक वाइवा तामाङ, म्युजिक एसोसिएसनका अध्यक्ष मिलन मोक्तान, मिस तामाङ पोखरा २०२० का विजेता शशिकला तामाङ, लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->