चुनाव आउन थाल्यो भने स्वर्ग यहि बनाछन्।
जितेपछि जनताको घाटिरेटी सत्ता चलाउछन्।।
धाक धम्कि दिई जनता आफ्नो वसमा पारी।
आफुले जितेको देखाउने वुथ कब्जा गरि।।
साम दाम दण्ड भेद प्रयोग गरि जित्नेले।
यिनकै भलो गर्छन यहाँ सिमाहरु मिच्नेले।।
सत्ता बाहिर भए भने राष्ट्रवादी कहलाउछन।
जानपाए विदेसिको गुलाम बनी सत्ता चलाछन।।
पढेलेखेका युवा सबै विदेसमा श्रम वेच्ने।
वुढा पाका तोरी लाहुरे देसमा सत्ता हाक्ने।।
धोती खसेको थाहा छैन सत्तामा पुग्न पाय।
हाम्रो देसको स्वाधिनता विदेशीलाई वुझाए।।
राजनितिमा आउ अब पढेलेखेका युवाहरु।
एकिकृतभई क्रान्ति गरे फेरिने छन् दिनहरु।।।





