पोखरा/ पोखरामा लोकस्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको सम्झना गरिएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठानले उनको ११ औं स्मृति दिवससँगै प्रतिष्ठानको १० औं वार्षिक साधारण सभा आयोजना गर्दै कल्याणको सम्झना गरेको हो ।
कार्यक्रममा कल्याणका नरबहादुर शेरचन प्रमुख अतिथि रहेको कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर ह्योल्मोले लोकस्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको स्मृति दिवसमा विगतमा राष्ट्रिय मादल, सारङ्गी, एकल नृत्य, खेलकुद, साहित्यिकलगायतका कार्यक्रम गरिएको स्मरण गर्दै कोभिड महामारीका कारण यो वर्ष सम्भव नभएको जानकारी दिए । उनले कल्याणको शालिक निर्माण एउवं राष्ट्रिय लोकदोहोरी प्रतियोगिताको तयारीमा रहेको पनि बताए ।
प्रतिष्ठानका सचिव जिवन दाहालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रदीप गौचनले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा तमु धिंका अध्यक्ष हुमबहादुर गुरुङलगायतले मन्तव्य राखेका थिए ।





