आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लोकनृत्यमा अक्सफोर्ड प्रथम

लोकनृत्यमा अक्सफोर्ड प्रथम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७८, आइतबार

पोखरा/ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) कास्कीले आयोजना गरेको १४ औं लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड वोर्डिङ स्कूल प्रथम भएको छ ।
प्रतियोगितामा राइजिड्ड स्टार एकेडेमी द्धितीय, कास्की मोडनाइज्ड एकेडेमी तृतीय र ज्ञान ज्योति विद्याकुञ्ज मावि सान्त्वना भएका छन् ।

विजयी समूहलाई वरिष्ठ नृत्य निर्देशक बृद्धिप्रसाद गुरुङ गौरी, एन प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, गण्डकी प्रदेश अध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष हेमन्त अधिकारी,कोषाध्यक्ष रत्ना गुरुङ, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङलगायतले ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक बृद्धिप्रसाद गुरुङ गौरीलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।कार्यक्रमको गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति, विज्ञान, प्रविधि, तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरेका थिए । नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनकाजी गुरुङ, सहसचिव प्रेमराज अधिकारी, अतिरिक्त क्रियाकलाप प्रमुख तथा नेशनल प्याव्सन कास्कीका सहकोषाध्यक्ष राजु केसी कार्यक्रम संयोजक तथा नेशनल प्याव्सन कास्कीका सदस्य राजु कायस्थ सदस्य शिवलाल पौडेलले बोलेका थिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->