पोखरा/ अक्सर गीत गाइन्छ तर पोखरामा अब गीत पनि वाचन हुने भएको छ । अग्रज कवि तीर्थ श्रेष्ठएकल गीत वाचनमा झुल्किने भएका छन् ।
गीतकार प्रतिष्ठान नेपालको यही चैत ५ गते उनलाई गीत वाचनमा उतार्ने भएको हो । गण्डकी प्रज्ञा–प्रतिष्ठानले सो अभियानमा सहकार्य गरेको छ । गीतकार प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाका अनुसार गीतलाई वाचन र पठन गर्न पनि सकिन्छ भन्ने प्रमाणित गर्नु कार्यक्रमको उदेश्य हो । गीतको वास्तविक सर्जक गीतकार सधैँ छायामा पर्ने गरेको तीतो यथार्थलाई दुरुत्साहन गर्दै गीतकारलाईस्थापित गर्नु अर्को उदेश्य रहेको उनले सुनाए ।
कवि तथा संस्कृतिकर्मीका रूपमा परिचित सर्जकश्रेष्ठले सो अवसरमा करिव २ दर्जन गीत वाचन गरेर सुनाउने छन् । श्रेष्ठको ‘मेरै हिमाल जस्तो’ गीतसङ्ग्रह प्रकाशित छ । उनका आमा…, मेरै हिमाल जस्तो…, हिउँमा लेखिएका नाउँहरू…, पाइला पाइला काँडा टेकेँ… लगायतका गीतहरू चर्चित छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य सचिवसमेत रहेका श्रेष्ठका तीर्थ श्रेष्ठका कविताहरू, पाइलाका निबहरूले, जिन्दगीको कुरुक्षेत्रबाट, महाभारतको गीत, जिन्दगीको गोधूलिमा, धर्सैधर्साको चव्रmव्यूहलगायतका कृतिहरू प्रकाशित छन् ।गीतकार प्रतिष्ठानले स्थापनाको पहिलो वार्षिकोत्सवका सन्दर्भमा गीति परम्परामा नौलो खालको कार्यक्रम आयोजना गरेको सचिव अनुराग अधिकारीले बताए ।





