पोखरा\गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका विभिन्न जातीको नृत्यको बारेमा यतिबेला अनुसन्धान भइरहेको छ । गत माघ १ गतेबाट सुरु भएको अनुसन्धान कार्य चैत मसान्त भित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले जानकारी दिए । अनुसन्धानकर्ताहरु अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगेका तथा आउँदो ३० गते भित्रमा अनुसन्धान प्रतिवेदन सहितको सामग्री बुझाउनुपर्ने गरेर समय निर्धारण गरिएको उनले जनाए ।
अनुसन्धानकर्ता मार्फत अक्षर र भिडियो समेतका जानकारीहरु संकलन गरिरहेको गुरुङको भनाइ छ । ‘अनुसन्धानकर्तामार्फत अक्षर र भिडियो समेतको जानकारी संकलन भइरहको छ, भिडियो लाइवेरिमा राखिनेछ’, उनले भने ।
यो वर्ष सबै जातिलाई समेट्न नसके पनि बाँकी जातिलाई क्रमैसँग अर्कोवर्ष छनोट गर्दै अनुसन्धान गरिने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । अनुसन्धान आफैमा ऐतिहासिक पाटो भएको तथा प्रतिष्ठान स्थापनाको छोटों समयमा थोरै बजेटमा यो वर्ष कम्तीमा ३० वटा लोपउन्मुख नृत्यको अनुसन्धान र छायांनकान गर्न लागिएको उनको भनाइ छ । यसरी छायाकंन गर्ने नृत्यहरू २३ मिनेट देखी २ घण्टा ५८ मिनेट सम्मका हुने भनाई उहाँको छ । अनुसन्धान कार्यको लागि १४ जना अनुसन्धानकर्ताले काम गरिरहेका छन् ।





