स्याङ्जा/ स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका ६ वटै वडाका ८ वटा बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको छ । लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि पालिकाले पञ्चेबाजा वितरण गरेको हो ।करीब ८ लाख रुपैयाँ लागतमा खरिद गरिएका बाजा विभिन्न वडामा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको हो ।
बाजा पाउनेमा सिरुवारी बाजा समूह आँधीखोला १ ,माझकटेरी बाजा समूह आँधीखोला १ ,उखुवारी बाजा समूह आँधीखोला २,मडुवा नौमति बाजा समूह आधीखोला २ ,पाख्रीबोट बाजा समूह आँधीखोला ३ ,पंचासे बाजा समूह आँधीखोला ४,सेपत बाजा समूह आँधीखोला ४,अरिङ्गाले बाजा समूह आँधीखोला ५ रहेका छन् । पञ्चेबाजाको दुईवटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाहा, एउटा ढोलकी, एउटा ट्याम्को र एउटा झ्याली वितरण गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए ।




