आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एक्लै–एक्लै

एक्लै–एक्लै


  • इश्वरमणि अधिकारी
  • बैशाख ३ २०७९, शनिबार

यात्रामा
एक्लै निस्किनु
आफैसित कुरा गर्नु हो
यात्रा गन्तव्यमा पुग्नु पनि हो ।
भिडमा
एक्लै उभिनु
आफूले आफूलाई चिन्नु हो
भिडमा नहराउनु पनि हो !
सहयात्राको नाममा
घर बनाउने
र
घर भत्काउने
कसरी मिल्छन् ?
अचम्भित छु म !
एक्लो हुनु
कमजोर हुनु हो र ?
झाडी झाडी मिलाएर
अग्लो रुख बन्छ र ?
मलाई
एक्लो भएको मात्रै
नाताले
बृहस्पति कहिल्यै
झुठा लागेन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->