आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

ललितकला पुरस्कार कलाकार आलोक गुरुङलाई

ललितकला पुरस्कार कलाकार आलोक गुरुङलाई


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०७९, मंगलबार

पोखरा/ पोखरेली युवा सांस्कृतिक परिवारको ललितकला पुरस्कार २०७८ बाट कलाकार अशोक गुरुङ सम्मानित हुने भएका छन् ।
पोयुसांपले हरेक २–२ वर्षमा कलामा क्रियाशील स्रष्टालाई सम्मानित गर्ने उपक्रममा यसपटक अशोक गुरुङ सम्मानित हुन लागेको हो ।
वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालित ललितकला पुरस्कार २०७८ पाउने कलाकार आलोक गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा क्रियाशील चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार मानिन्छन् ।

गुरुङले हजारभन्दा बढी मुहारचित्र बनाउनुका साथै अन्य सिर्जना गरिसकेका छन् । एकल चित्रकला प्रदर्शनी २०१३ दमौली, २०१४मा पोखरामा, दुईव्यक्ती(दुर्गा बराल–गोपाल श्रेष्ठ) चित्रकला प्रदर्शनी २०३१ तथा सामूहिक कलाकार्यशाला अन्तर्गत हङकङ, भारत, सिक्किम, कोरिया तथा नेपालका थुप्रै ठाउँहरुमा आफ्नो कला प्रदर्शनी गरिसकेकाछन् । गुरुङको अर्को विशेषता भनेको लाइभ डेमोस्ट्रेशन हो । उनले सिर्जना फाइन आर्ट कलेज र ललितकला क्याम्पसमासमेत आफ्नो कला देखाइसकेका छन् ।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित गुरुङले नेपाली कलाको विभिन्न विधाको उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै ललितकला पुरस्कार २०७८ प्रदान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक वरिष्ठ कलाकार दुर्गा बरालले जानकारी दिएका छन् ।

ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भूर्तेल, सरोजा खड्की,मुकेश मल्ल, लोकप्रसाद गुरुङ र राजन काफ्ले पुरस्कृत भइसकेका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा आगामी असार ४ गते शनिबार नगद, ताम्रपत्र र दोसल्ला सहित पोखरामा पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->