आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

रहेनन् कवि तेजनाथ

रहेनन् कवि तेजनाथ


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७९, आइतबार

पोखरा/ पोखराका अग्रज कवि तेजनाथ घिमिरेको निधन भएको छ । शनिबार बिहान २ बजेर १२ मिनेटमा नदीपुरस्थिति आफ्नै निवासमा उनको निधन भएको हो ।

घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए । उनलाई अक्सिजन दिएर घरमै उपचार भइरहेकोमा ८३ वर्षको उमेरमा निधन भएको हो । उनका २ श्रीमती ५ छोरा, २ छोरी छन् । उनको शनिबार सेतीनदी किनार तुलसी घाटमा अन्त्येष्टि गरिएको छ । लामो समय शिक्षण पेशामा आवद्ध घिमिरेले हिमदूत पत्रिकामा पनि काम गरेका थिए ।

नेपाली कांग्रेस निकट शिक्षक संघ कास्कीको संस्थापक अध्यक्षसमेत रहेका घिमिरेका ३ वटा कविता संग्रह प्रकाशित छन् । घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष समेत हुन् । पोखराको कन्या क्याम्पस स्थापनामा पनि उनको ठूलो योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->