आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

श्रीकृष्ण कथा सुरु

श्रीकृष्ण कथा सुरु


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०७९, मंगलबार

पोखरा/ पोखरा ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरका सोमबारदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम सुरु भएको छ । वाचन भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ ।

कार्यक्रममा गुरुजी वाणि तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजको संगीतमय कथा प्रवचन रहेको छ । कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले कथा वाचनको उद्घाटन गरे ।उनले धर्मले सहयोगी भावना तथा आपसी माया र सद्भाव बढाउने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->