पोखरा/ पोखरा पर्यटन परिषद्को अध्यक्षमा पोमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । परिषद्को विहीबार पोखरामा सम्पन्न १२ औं अधिवेशन तथा २२ औं साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अध्यक्षका अर्का प्रत्यासी रामचन्द्र शर्मालाई दोब्बर मतले पराजित गर्दै ट्राभल एवं अल्ट्रालाइट व्यवसायी श्रेष्ठ पोखराका पर्यटन सम्बद्ध संघसंस्थाको छाता संस्था परिषद्को नेतृत्वदायी भूमिकामा पुगेका हुन् । बिहीबार नै भएको निर्वाचनमा श्रेष्ठले २८ भोट ल्याए भने शर्माले १४ भोट मात्र प्राप्त गरे । एक भोट बदर भएको थियो ।
विजयी श्रेष्ठ यसअघि परिषद्को उपाध्यक्ष थिए । परिषद्को सदस्यमा भने तारानाथ पहारी, निमबहादुर मगर, कृष्ण भण्डारी, जीवनराज सापकोटा र कृष्ण काफ्ले, बोबरजंग गुरुङ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । संस्थाको शुक्रबार बस्ने पहिलो बैठकले सदस्यहरुमध्येबाट पदाधिकारी चयन गर्ने विजयी कृष्ण काप्mलेले जानकारी दिए । तीन जना सदस्य अध्यक्षले मनोनित गर्नेछन् । संस्थाको निवर्तमान अध्यक्ष भने गोपिबहादुर भट्टराई रहेका छन् ।





