पोखरामा व्यापार व्यवसायको सुरुवातको रुपमा मुख्य गरेर पोखराको सिमलचौर, नालामूख, गणेशटोल बगर, साँघुमुख (हालको महेन्द्रपुल) लाई लिने गरिन्छ । बाटोको सुगमतलाई परिचय दिनेगरि बनेको पहिलो सडक नै सिमलचौर भएर पोखराको व्यावसायिक स्थानको रुपमा स्थापित, प्रायः गरेर खाद्यान्न दैनिक उपभोग्य सामानको खरिद बिक्री हुने स्थानको रुपमा परिचित भएको पाइन्छ ।
१९९० सालको समय पोखराको अवस्था,जनसंख्या, दैनिक दिनचर्या, आवश्यकताको सामान र बजारको अवस्थामा एक आपसको एैंचोपंैचो, छरछिमेकीको मेलापात नै मुख्य आधार रहेको थियो
पोखरा व्यापारिक, राजनीतिक, सामाजिक र मानव सभ्यताको केन्द्रविन्दुको रुपमा परिचित सहर रहेता पनि पोखरा र आसपासका गाउँहरु नजिकको जिल्लाहरुमा समेत परिचित स्थापित नाम सिमलचौरलाई लिने गरिन्छ ।
प्रशस्त रुपमा सिमलका रुखहरुका कारण उत्तरमा बगालेटोल सिद्धार्थचोक तल, पश्चिममा रत्नचोक भन्दा माथि र सम्पूर्ण भित्री भू–भागलाई सिमलचौर भन्ने गरिन्छ । हालको सृजनाचोकदेखि माथिल्लो मध्य भागमा सिमलचौरसँगै परिचित नाम आलुमाहिला चोक रहेको पाइन्छ । सिमलचौर आलुमाहिलाचोक पोखराको नाम र परिचयसँगै जोडिएको उदाहरण लेख र पुस्तकहरुबाट देखिन्छ र यसको अनुभव, महत्व अहिलेको पिँढीले सुन्दै र देख्दै आएका छौं ।
यो परिचयसँग जोडिएको नाम आलुमाहिलाको व्यावसायिक यात्रा वि.सं. १९८८देखि भएको स्थानीय जानकारहरु बताउँछन् । विशेषत त्यसबेला पोखराको उत्पादन सिंचाइ भएको स्थानमाधान र अन्य स्थानमा मकै, कोदो, बदाम, उखु,काँचोपात (भुसातमाखु) हुने गथ्र्यो । त्यसबेला अन्य वस्तुहरु देख्न नपाइने पंडित शिवप्रसाद चालिसे बताउँछन् । त्यस बेलादेखि नै बागलुङबाट आलु घ्यू ल्याइ बिक्री सुरुवात भएकोलेमाहिला साहूको नाम आलु माहिला भएको थियो ।
आलुसँगैघ्यूसंकलनको मूख्य केन्द्र आलु माहिलाको पसल नै रहेको चालिसे बताउँछन् । त्यसबेला बागलुङ, पर्वत, स्याङ्गजा, गोर्खा, तनहुँलगायत स्थानहरु बाट शुद्ध भैँसी र गाइका गाउँले घ्यू टिनमा आउने गथ्र्यो र सो घ्यू पोखरा हुँदै काठमाडांै, राणा परिवारसम्म र बुटवलहुँदै भारतसम्म जाने गरेको आलु माहिलाका माहिला छोरा बलबहादुर विजुक्छे बताउछन् । त्यसबेला अहिलेजस्तो बाहिरका वस्तुहरु नआउने भएकाले घ्यूबाट बनेको परिकार स्थानीय मीठाइहरु नै मान्छेको रोजाइमा हुन्थ्यो । आलुमाहिलाको दुकानको हकमाव्यापार सुरुवातदेखिनै ठूलो दाइ अर्थात् सेतेलाल बिजुक्छेको योगदान महत्वपूर्ण रहेको उनका भाइ बलबहादुर बताउँछन् ।
तीन दाजुभाइहरुले बुबाले संचालन गरेको व्यवसायलाई कर्म ठाने, ठूल्दाइसेते र कान्छा भाइ हेमकुमारले पोखरामा व्यवसाय गर्ने, माहिलाले भैरहवा रहेर जहाजबाट नुन, चिनी, चुरोट, मरमसला, मीठाइहरु पठाउँदै व्यवसायलाई विस्तार गरेकोबलबहादुर बताउँछन् । पोखरामा जहाँ पायो त्यहीँ आवश्यकताका वस्तु नपाइने अवस्थामा सेतेलालले संचालन गरेको पसलमा दैनिक उपभोग्य वस्तु पाइनु त्यो समयको लागि महत्वपूर्ण रहेको स्थानीय गणेशबहादुर अधिकारी बताउँछन् । त्यसबेला पोखरा, यस्ता पसल नगन्य रुपमा थिए ।घ्यू र आलु केही खाद्यान्नका वस्तुसँगै दैनिक प्रयोग हुने चामल, मकै, कोदो, तोरी, पिस्ने मिलको सुरुवात खासै भएको थिएन ।
कुटानी पिसानीका लागि पोखरामा त्यो बेला मूख्यचोकहरुमा कोलहरु स्थापना भएका थिए भने अलि हुने घरमा तोरी पेल्नेकोल धान कुट्ने ढिकी अन्य अन्न पिस्न ढुङ्गे, जाँतोहरुको प्रयोग हुने गथ्यो । त्यसैका आधारमा हालसम्म पोखरामा धेरै स्थानहरुको स्थानीय नाम कोल पाटन रहँदै आएको छ ।
कुटानी पिसानीका लागि पहिलो मिल धनविक्रम साहुबाट सुरुवात भएतापनि पूर्ण व्यवस्थित आलुमाहिलाका छोराहरुबाट सुरु गरेको पसलमा वि.सं. २०२७ देखि कुटानी, पिसानी मेसिन कलकत्ताबाट जहाजमा ल्याइ संचालन सुरु गरेको बलबहादुर बताउँछन् ।
बुबाका पालादेखि संचालन गरिएको पसलमा कुटानी पिसानी सुरुवात गरेपछि पसल, व्यवसाय र सिमलचौरको महत्वझन बढ्दै गएको थियो ।बुबाको पालादेखि व्यवसायलाई प्राथमिकता राखेर सधैँ सेतो कपडालगाउने, उज्यालो अनुहार, खरो व्यवहारका कारण परिचित सेतेलाल विजुक्छेले बुझ्ने उमेरदेखि आफ्नो अध्ययन नै व्यवसायमा परिणत गरि पूरै समय व्यवसाय बढाउन लागि परेका थिए ।
व्यवहार खरो भएपनि सेतेलाल व्यवसाय गुणस्तरता दिने दर रेट कम गर्ने, एकैचोटी आएको ग्राहकलाई खुसी बनाउथे ।कुटानी पिसानीका लागि कास्की, स्याङ्जा, तनहुँदेखि तोरी पिस्नका लागि हप्ता दिनसम्म कुरेर बस्थे । त्यस्ता सेवाग्राहीलाई खान–बस्न सुविधा दिने गर्थे ।
त्यसबेला पोखराको फेवा फाँट, कुडँहर फाँट, विरुवा फाँट, धारापानी, फाट शिशुवा फाँटमा उत्पादन हुने जेठोबुढो, पहेँले र विरमफूल धानकोसंकलन केन्द्र यही पसल थियो । यहाँको चामल किन्न पोखरा बाहिरबाट आउनेदेखि विदेशमा कोशेली पठाउनसमेत यहाँ कुटेको चामल प्रख्यात रहँदै आएको छ ।
स्वर्गीयसेतेलाल समग्र व्यवसायीका लागि उदारणीय,जीवनभर नेपाली उत्पादन सेतो कमिज सुरुवालमात्रलगाउने व्यक्तिका रुपमा खट्न सक्ने सरल व्यक्तित्व विजुक्छेले सधैँ स्थानीय रुपमा उत्पादन भएका सबै खाद्यान्न वस्तुलाई मुख्य आधार मानी सोहीलाई कुटानी पिसानी गरी स्वच्छ मिसावट रहित बिक्री गर्थे । पोखरामा आलुको बीउ बेच्ने पहिलो पसलको रुपमा समेत चिनिने गथ्र्याे । ३ दाजुभाइमध्येजेठा सेतेलालले मात्र व्यवसायलाई निरन्तरता दिएका माइला बलबहादुरले केही वर्ष अगाडीदेखि व्यवसाय बन्द गरेका छन् ।
स्वर्गीय सेतेलाललेजीवनको अन्तिम समयसम्म व्यवसायबाहेक अन्य कुनै कारोबार संघसंस्थामा लागेको देखिँदैन । पछिल्लो समय आफ्नो व्यवसाय कान्छा छोरा विनोदले थप व्यवस्थित रुपमा गर्दै आएका छन् । अन्य तीन छोराहरु श्याम, नारायण र मुक्तिले पनि विभिन्न स्थानहरुमा खाद्यान्नको पसल संचालन गरेतापनि हाल सो व्यवसाय छोडी अन्य व्यवसायहरु गरेको देखिन्छ । व्यवसायसँगै जनप्रिय क्याम्पस स्थापनामा महत्वपूर्ण आर्थिक, सहयोग र स्थानीय संघ संस्था नेवाः गुठी आदिमा सहयोग गरेका छन् । बुबाको व्यवसायलाई निरन्तरता दिँदै , आफ्नो सन्तानहरुलाई समेत व्यवसाय सिकाउने सक्षम व्यवसायी सेतेलालको महत्व अहिलेको परिवेशमा झन बढेको छ । दैनिक उपभोग्य सामान विदेशबाट आयात भईनेपाली पैसा विदेशीएको अवस्थामा हामीलाई चाहिने हरेक वस्तु उत्पादन गर्ने, स्थानीय उत्पादनलाई साथ दिने व्यवसायमा राजनीति गर्नु नहुने, समान व्यवहार देखाउने क्षमता भएका सेतेलाल श्रद्धालायक छन् । अत ः स्वर्गीय सेतेलाल विजुक्छेप्रति उच्च सम्मानसहित उनको आत्माले मोक्ष प्राप्तिहोस् भन्ने कामना गर्दछु ।
लेखक : रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक हुन ।





