आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गजल: चुनावका बेला मात्र मेरो देश सिंगापुर बन्छ

गजल: चुनावका बेला मात्र मेरो देश सिंगापुर बन्छ


  • बेलुकाजी थापा
  • भाद्र २४ २०७९, शुक्रबार
देश अभाव र गरिवीले पिल्सिदा पानी भएर दुख्छ
झुटा सपनाका कर्कश भाषणमा बानी भएर दुख्छ ।
भरोशा योग्य जवान हुन सकेन यो राजनिती पनि
भष्ट्राचारीको कोखमा अवोध नानी भएर दुख्छ ।
कहिल्यै देख्न पाईएन उज्यालो न्यानो पहरहरु
सधै धमिलो मलीन चिसो बिहानी भएर दुख्छ ।
चुनावका बेला मात्र मेरो देश सिंगापुर बन्छ सधै
सतिले सरापेको बिचरा जिन्दगानी भएर दुख्छ ॥

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->