बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतका ३८ विद्यालयलाई झण्डै ८ करोड बजेट

पर्वतका ३८ विद्यालयलाई झण्डै ८ करोड बजेट


  • Dhorpatan News
  • असोज १ २०७९, शनिबार

पर्वत/राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनौट भएका पर्वतका ३८ ओटा विद्यालयहरूले झण्डै ८ करोड बजेट पाउने भएका छन् ।
विद्यालयमा सूचना, सञ्चार तथा प्रविधिको विकास गर्न तथा दुई कोठे र चार कोठे भवन निर्माण गर्नको लागि ती विद्यालयहरूलाई ७ करोड ७९ लाख रुपैयाँ बजेट छुट्टाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तालिकामा उल्लेख छ। आर्थिक वर्ष २०७९/८० को का लागि गत बुधवार बसेको मन्त्री स्तरको बैठकबाट छनौटमा परेका देशभरका विद्यालयहरूको सूची सार्वजनिक गरिएको हो ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलका अनुसार सूचना, सञ्चार तथा प्रविधिका लागि ६ लाख ५० हजार, २ कोठे भवन निर्माणको लागि २५ लाख र ४ कोठे भवन निर्माणको लागि ५० लाख रुपैयाँका दरले विद्यालयले रकम प्राप्त गर्ने छन् ।

पर्वतका ५ ओटा विद्यालयले ४ कोठे, १७ ओटा विद्यालयले २ कोठे र १६ ओटा विद्यालयले सूचना, सञ्चार तथा प्रविधि कार्यक्रम पाउने भएका हुन् । सबैभन्दा बढी बिहादी गाउँपालिका, जलजला गाउँपालिका र फलेवास नगरपालिकाका७÷७ वटा विद्यालयहरू यो कार्यक्रममा छनौट भएका छन् । बिहादीको १ विद्यालयले ४ कोठे भवनका लागि ५० लाख, ४ विद्यालयले २ कोठे भवनका लागि २५ लाखका दरले १ करोड र २ विद्यालयले सूचना, सञ्चार तथा प्रविधि विकास कार्यक्रम अन्तर्गत ६ लाख ५० हजार रुपैयाँका दरले १३ लाख गरी कुल १ करोड ६३ लाख रुपैयाँ पाउने भएका हुन ।

जलजला गाउँपालिकाका ३ विद्यालयमा आईसिटीका लागि १९ लाख ५० हजार, ३ विद्यालयमा २ कोठे भवन निर्माणका लागि ५० लाख र एक विद्यालयमा ४ कोठे भवनका लागि ५० लाख रुपैयाँ गरी १ करोड १९ लाख ५० हजार रुपैयाँ लगानी हुन लागेको छ । यस्तै फलेवास नगरपालिकाका २ विद्यालयमा ४ कोठे भवनका लागि १ करोड, २ कोठे भवनका लागि ३ विद्यालयलाई ७५ लाख र २ विद्यालयलाई आईसिटीका लागि १३ लाख गरी कुल १ करोड ८८ लाख रुपैयाँको काम हुने भएको छ ।

यस्तै पैयुँ गाउँपालिकाका २ विद्यालयलाई २ कोठे भवनका लागि ५० लाख र १ विद्यालयमा आईसिटीको लागि ६ लाख ५० हजार गरी कुल ५६ लाख ५० हजार, महाशिला गाउँपालिकाका २ विद्यालयलाई आईसिटीका लागि १३ लाख तथा २ कोठे भवनका लागि २५ लाख रुपैयाँ गरी कुल ३८ लाख रुपैयाँ दिन लागिएको छ ।

मोदी गाउँपालिकाका २ विद्यालयमा २ कोठे भवन र ३ विद्यालयमा आईसिटी कार्यक्रम परेका छन्। जसमा भवनका लागि ५० लाख र आईसिटीका लागि १९ लाख ५० हजार रुपैयाँ लगानी हुने छ । कुश्मा नगरपालिकाका ६ ओटा विद्यालयहरू राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समावेश भएका छन् । जसमा १ विद्यालयमा ४ कोठे भवन निर्माणको लागि ५० लाख, २ विद्यालयमा २ कोठे भवन निर्माणका लागि ५० लाख र ३ विद्यालयमा आइसिटीका लागि १९ लाख ५० हजार रुपैयाँ गरी कुल १ करोड १९ लाख ५० हजार रुपैयाँ विनियोजन भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->