आयो मेरो देशमा चुनाब हेर चारै तिर घेरी
मगमगाँउदो वसन्त कोकिल ल्याउला झै गरी ।
बाढी पहिरो र बिपतमा गाउँमा नआउने नेता
हेर बल्ल फर्किएर आउँदैछन् गुथेर नयाँ फेटा ।।
आश्वासनमा हुन थाले फेरि बाटो घाटो सबै पिच
रोजगार सबैलाई यहि युवा हुने भए शिक्षित ।
सबैले पाउँने भए अब निःशुल्क स्वास्थ्य उपचार
सहुलियत ऋण किसानको हट्नेभयो व्ययभार ।।
उत्पादित कृषि उपजहरु सबै गर्ने भए खरिद
मल, विऊ, कृषी औजार सहज पाउने भए त ।
जादैन रे बत्ती अब उढ्दैन रे धुँलो बाटोमा
स्वर्गसरी बनाउछन् रे देश भोट दिए साटोमा ।।
काटेर अरुहरुका कुरा ढाँटेर माग्छन मत
चिन्दैन्न जनतालाई दुःखमा जितेर जान्छन तब ।
ढोग्छन खुट्टा अहिले हेर आफ्नै छोराले झै गरि
चिन्दैन्न त्यहि वृद्धलाई फेरि कहि भेटहुदाँ खेरि ।।
गर्छन कुरा समाजवादका गाउँ गाउँमा पसि
साम, दाम, दण्ड, भेदको योजना बनाउछन् बसि ।
सत्ता भए बेच्छन् मातृत्व सिद्धान्तको के कुरा
नेपाली शहीदहरुका सपना रहे अझै अधुरा ।।





