शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम

सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७९, सोमबार

पोखरा/ गण्डकी प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरी कोपोमिस र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सञ्चालनका लागी प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि पोखरामा शुरु भएको छ । नेपाल सरकार भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभाग नयाँ बानेश्वरले केन्द्रीय सहकारी संघ संस्थासँगको साझेदारीमा आयोजना गरिएको उक्त तालिम आगामी मंसिर २७ गतेसम्म पोखरामा सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्घाटन गर्दै सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका प्रदेश रजिष्टार रमेश घर्तीले सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस)ले सहकारीहरुलाई कानुनी हिसावले कडी लगाउने काम गर्ने वताए । सहकारीहरु अझैपनि कानुनी दायरामा आउन नसकिरहेको अवस्थामा कोपोमिस प्रणालिले सहरकारीहरुलाई कानुनी दायरामा ल्याउन सजिलो बनाउने उनको भनाइ थियो । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारीहरुले विभिन्न बाधा अड्चन ब्येहोर्नुपरेको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->