पोखरा/ पोखरामा रहेको लिंकन इन्टरनेशनल कलेजले नवआगन्तुक विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
वि.वि.ए र वि.एच.एम. पहिलो सेमेष्टरमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई वित्तिय संस्थाको बारेमा अभिमुखिकरण गरिएको हो ।
नविल बैंक लिमिटेड गण्डकी प्रदेश प्रमुख सूर्य बहादुर रोक्काले बैंक तथा वित्तिय संस्थाको जानकारीका साथै विद्यार्थीलाई उर्जा थप्नका लागि प्रेरक भनाई (मोटिभेस्नल स्पिच) समेत दिएका छन् ।
कार्यकारी निर्देशक राजकुमार गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नव आगन्तुक विद्यार्थीसहित संस्थाका प्रशासनिक अधिकृत अच्युत पौडेलले स्वागत मन्तव्य व्यक्त गरे ।
कलेजका संस्थापक प्राचार्य पम्फा गुरुङ र कोर्डिनेटर ईश्वर सुवेदीले कलेजको परिचयका साथै नीति नियमका बारेमा प्रकाश पारेका थिए ।
वि.वि.ए चौथो सेमेस्टरका विद्यार्थीले सांस्कृतिक कार्यक्रम, वि.एच.एम.मा अध्यनरत दिवस गुरुङले कलेजमा अध्यन गर्दाको अनुभव सुनाएका थिए ।
यस्तै नवआगन्तुक विद्यार्थी रोहित गुरुङले एकल नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण वि.वि.ए सिक्स सेमेस्टर की छात्रा सृर्जना क्षेत्रीले गरेकी थिइन् ।
सिमलचौर ८ मा स्थित पोखरा लिंकन ईन्टरनेशनल कलेज करिव एक दशकदेखि मलेशियाको लिंकन युनिभर्सिटिवाट सम्बन्धन प्राप्त, नेपालको शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त र त्रिभुवन विश्वबिद्यालयबाट समकक्षता प्राप्त अन्तर्राष्टि?यस्तरको डिग्रि सञ्चालन गरिरहेको छ ।





