एक एक गरि देश बाहिर गइरहेछन्
देशभित्र भएका सबै कुराहरु..।.
जहाज चढेर दिनहुँ गइरहेछन्
लाखौं युवाहरू
खाेज्दै सुन्दर भविस्य
देशबाट बाहिर ।
रातारात निन्द्रा मै जान्छ
सिमानाकाे भुमि
देश छाेडेर छिमेककाे हुन ।
एउटा आउँछ र
लैजान्छ साेझा चेलीहरुलाई
बम्बैका कालाे कुठिहरुमा ।
नदि जान्छन् , खाेला जान्छन्
देश बाहिर ।
खाेलाकाे बालुवा,
पहाडका चट्टान सबै सबै जान्छन्
ट्रकमा लाेड भएर
देश बाहिर ।
देशका नेताहरु पनि महिनाै जसाे
गइरहेकै हुन्छन्
देश बाहिर ज्यु हजुर गर्न…।
देशबाट सधैं बाहिर
जाने काम/कुराहरु मात्र हुदैनन्
कहिले काहीँ देश भित्र पनि
आउछन केही कुराहरु…।
देश भित्र
जनताकाे ढाड सेक्न महंगि आउँछ
रातारात गुप्तचर आउँछ ।
ऋण आउँछ
सगै उपहारमा ब्याज पनि आउँछ
देश चलाउन र नेता पाल्न
खाडिबाट रेमिटेन्स आउँछ ।
दिनहु आउछन बाकसमा
कयौं बाहरुका/आमाहरुका
आशा,भराेसा, सहारा र सपनाहरु…।
कुनै दिन आउन सक्छ याे देश भित्र
देश बेचिएकाे खबर ।
वढिगाढ-५ ग्वालीचौर हाल देवदह- ५, रुपन्देही





