शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पोखरा १५ को एक दिने ज्येष्ठ नागरिक भ्रमण सम्पन्न

पोखरा १५ को एक दिने ज्येष्ठ नागरिक भ्रमण सम्पन्न


  • ढोरपाटन सम्वाददाता
  • पुष २ २०७९, शनिबार

पोखरा / पोखरा महानगरपालिका वडा नं १५ ले वडामा रहेका जेष्ठ नागरिकलाई भ्रमणमा लगेको छ ।

ज्येष्ठ नागरिक अन्तर जिल्ला भ्रमण कार्यक्रम अन्तर्गत वडावासी एक सय वृद्ध वृद्धाहरूलाई शनिवार भ्रमणमा लगेको हो ।

अहिलेको व्यस्त समयमा घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँको अवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष तोरण बहादुर बानियाँले बताए ।

बानियाँले नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्ध वृद्धा बेखबर रहने र कतिपय पोखराबाट बाहिर ननिस्किएकाहरू पनि भएकाले उहाँहरूको सम्मान स्वरूप एक दिने भ्रमणमा लैजान लागिएको जानकारी दिए ।

उनका अनुसार भ्रमण टोलीलाई बागलुङको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरको दर्शन गराई पर्वतको कुस्मा स्थित विभिन्न झोलुङ्गे पुल र बन्जी जम्पको अवलोकन गराएका छन ।

भ्रमण टोलीलाई बिदाइ पश्चात् आफ्नो भनाई राख्दै पोखरा महानगरका मेयर धनराज आचार्यले निर्वाचित भएर आइसकेपछि पोखरालाई साँच्चैको महानगर बनाउनका लागि यहाँका न्यूनतम आवश्यकताहरूलाई पूरा गर्न योजनाबद्ध रूपमा अगाडी बढिरहेको बताए ।

उनले औपचारिक विद्यालयको शिक्षासँगै आफूले जीवनमा भोगेका भोगाई र शिक्षा ज्येष्ठ नागरिकबाट पनि सिक्नुपर्ने भन्दै ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्नुपर्ने बताए ।

अहिले महानगरले सबै ज्येष्ठ नागरिकका लागि सम्मान स्वरूप विभिन्न योजना बनाएर कार्यक्रम अगाडी बढाइरहेको हुँदा आगामी दिनमा अन्य वडामा पनि यस प्रकारको कार्यक्रमहरू ल्याउने बताए ।

भ्रमणमा सहभागी ज्येष्ठ नागरिक श्याम प्रसाद सुवेदीले पछिल्लो समय वृद्ध वृद्धाहरूलाई उचित सम्मान नगरिरहेको अवस्थामा पहिलो पटक यसरी वडाले सम्झिएर भ्रमणमा लैजान लागेकोमा खुसी व्यक्त गरे।

उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने भन्दै यस्ता कार्यलाई निरन्तरता दिन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->