पोखरा/ नेपालमा कोभिड १९ संक्रमण देखिएको झन्डै तीन वर्षपछि आइतबार कुनै पनि नयाँ संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १ सय ९९ वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो ।
आइतबार २ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर जम्मा ११ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् । नेपालमा २०७६ साल माघको पहिलो साता पहिलो पटक कोभिड संक्रमित भेटिएका थिए ।
हाल नेपालमा कोभिडबाट संक्रमणमुक्त हुने दर पनि ९८ प्रतिशत रहेको छ । हालसम्म नेपालमा ९९ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोप लगाइसकेका छन् ।




