शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

नेपालमा झण्डै ३ वर्ष कोभिड संक्रमण शुन्य

नेपालमा झण्डै ३ वर्ष कोभिड संक्रमण शुन्य


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०७९, सोमबार

पोखरा/ नेपालमा कोभिड १९ संक्रमण देखिएको झन्डै तीन वर्षपछि आइतबार कुनै पनि नयाँ संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १ सय ९९ वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो ।

आइतबार २ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर जम्मा ११ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् । नेपालमा २०७६ साल माघको पहिलो साता पहिलो पटक कोभिड संक्रमित भेटिएका थिए ।

हाल नेपालमा कोभिडबाट संक्रमणमुक्त हुने दर पनि ९८ प्रतिशत रहेको छ । हालसम्म नेपालमा ९९ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->