शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पत्रकार महासंघ गण्डकीको ९ बुँदे ‘पोखरा घोषणापत्र’

पत्रकार महासंघ गण्डकीको ९ बुँदे ‘पोखरा घोषणापत्र’


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०७९, मंगलबार

पोखरा/ नेपाल पत्रकार महासंघ गण्डकीको तेस्रो साधारणसभाले ९ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ गण्डकीले पत्रकारका पारिवारिक सदस्यको स्वास्थ्य बीमा तत्काल लागू गर्न गण्डकी प्रदेश सरकार गुहारेको छ भने प्रदेशसभामा विचाराधीन आम संचार विधेयकलार्य पत्रकार मैत्री बनाउन माग गरेको छ ।

श्रमजिवी पत्रकार ऐन लागू गराउन,समानुपातिक विज्ञापन नीति कार्यान्वयन ल्याउन,लोक कल्याणकारी विज्ञापन बढाउन,तालिम र गोष्ठी एवं नविनतम् प्रविधिको प्रयोगमा सघाउनुपर्ने पनि महासंघ गण्डकीको माग छ । महासंघ गण्डकीले समाचार लेखेकै आधारमा पत्रकारहरु माथिहुने भौतिक आकर्षण र सेल्फ संसार सिप लाई निरुत्साहित गर्न पेशागत सुरक्षा तथा भौतिक सुरक्षाको प्रत्याभूतिको माग पनि गरेको छ ।

यसअघि सोमबार पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले संचार स्वतन्त्रता गण्डकी सरकारको पहिलो प्राथमिकता भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->