काठमाडौं/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । मंगलबार काठमाडौंमा आयोजित सांसदहरुलाई बधाई दिने कार्यक्रम बीचमै रोकेर बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत नेता चयन गरेको हो ।
उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली सर्वसम्मत दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक, सचेतक लगायतका पदमा मनोनयन गर्न बाँकी रहेको नेता नेम्वाङले जानकारी दिए ।





