शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

कांग्रेस संसदीय दलको निर्वाचन सकियो, केहीबेरमा नतिजा

कांग्रेस संसदीय दलको निर्वाचन सकियो, केहीबेरमा नतिजा


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७९, बुधबार

काठमाडौं / नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ ।

संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । थापाले आधा–एक घण्टामा निर्वाचनको नतिजा आउने बताए ।

सांसद माया राईले अस्पतालबाटै हालिन् भोट

 नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् ।

उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका हुन् ।

निर्वाचन समितिका एक जना सदस्य प्रकाश रसाइली (स्नेही)ले सांसद राईले अस्पतालबाटै भोट हालेको पुष्टि गरे ।

नेपाली कांग्रेसका कूल ८९ सांसदहरुमध्ये सबैले भोट हालेको निर्वाचन समितिले जनाएको छ । संसदीय दलको नेता चुनिन बहुमत चाहिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->