काठमाडौं / नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।
आज भएको संसदीय दल निर्वाचनमा उनले गगन थापालाई ३९ भोटले पछि पारे । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार देउवाले ६४ भोट ल्याउँदा गगनले २५ भोट प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् ।
दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो ।
संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो ।





