शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पोखरा इन्जिनियरिङ कलेजमा टेक्नोलोजी प्रदर्शनी आजदेखि

पोखरा इन्जिनियरिङ कलेजमा टेक्नोलोजी प्रदर्शनी आजदेखि


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०७९, शुक्रबार

पोखरा/ पोखरा इन्जिनियरिङ कलेजले आजदेशी टेक्नोलोजि प्रदर्शनी सुरु गर्दैछ । पोखरा महानगरपालिका ८ फिर्केस्थित कलेको प्राङ्गणमा इन्जिनियर पढ्दै गरेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ ‘आठौं पेक टेक एक्सपो २०२२’ को आयोजना भएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेक टेक एक्सपोबारे जानकारी दिँदै क्याम्पस प्रमुख रोजिना जोशीले विद्यार्थीले सिकेका, बुझेका ज्ञान तथा आफूमा रहेको प्रतिभालाई प्रस्फुटन गराउन कार्यक्रम आयोजना गरिएको सुनाइन् । उनले उक्त प्रदर्शनी प्रतिभा प्रस्फुटनको स्तम्भको रुपमा रहेको र कलेजले स्थापना कालदेखि नै हरेक दुई दुई बर्षमा इञ्जिनियरिङ प्रदर्शनी आयोजना आएको जानकारी दिइन् ।

उनका अनुसार विद्यार्थीले आफूले जानेको र सोचेँको नयाँ योजनालाई कलेजमा ल्याए कलेजले त्यसको सम्पूर्ण खर्च ब्यहोरी प्रदर्शनीका लागि राखिदिनेछ । प्रदर्शनीमा आर्किटेक, सिभिल र कम्प्युटर तर्फको विज्ञान प्रशर्दनी रहनेछ । यस्तै प्रदर्शनीमा उत्कृष्ट हुनेलाई अवार्डका साथै प्रमाणपत्रले सम्मान समेत गरिने छ । ‘यसमा विधार्थीको खर्च हुँदैन । विज्ञानमा नयाँ नयाँ योजना ल्याएर देखाएमा कलेजले उपकरण निमार्णका लागि आवश्यक पर्ने सामग्री उपलब्ध समेत गराउने छ’, जोशीले भनिन्,‘हामीले किताबी ज्ञानमा मात्रै सिमित गराउँदैनौं विद्यार्थीभित्र रहेको कौशललाई बाहिर ल्याउने काम पनि गर्छौँ, त्यसैले हरेक दुई दुई वर्षमा यो कार्यक्रमको आयोजना गर्दै आइरहेका छौं ।’

उक्त प्रदर्शनीमा देशभबाट १३ इन्जिनियरीङ कलेजको सहभागिता रहने छ । जसमा गण्डकी प्रदेशबाट सिभिल इन्जिनियरीङ तर्फ तिन र कम्प्युटर तर्फ ३ कलेजको सहभागिता रहने छ । यस्तै प्रदर्शनी हेर्न चाहने विद्यालयले कलेजमा सम्पर्क गरेमा यातायातको व्यवस्थापन समेत गरिदिनेछ । दुई दिनसम्म चल्ने प्रदर्शनी निःशुल्क रुपमा हेर्न पाइने जोशीले जानकारी दिइन् ।

सन् १९९९ मा स्थापना भएको कलेज स्नातक तहमा ईन्जिनियरिङ विषय अध्यापन गराउने काठमाडौं बाहिरको पहिलो कलेज हो । गुणस्तरीय प्राविधिक शिक्षा भन्ने मनसायका साथ स्थापित कलेजमा हाल स्तानकोत्तर, स्नातक, डिप्लोमाका साथै प्रि–डिप्लोमा तहमा अध्यापन हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->