शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

दृष्टिविहिनलाई लामा अमृत फाउण्डेशनको आर्थिक सहयोग

दृष्टिविहिनलाई लामा अमृत फाउण्डेशनको आर्थिक सहयोग


  • ढोरपाटन संवाददात
  • पुष ८ २०७९, शुक्रबार

पोखरा / सडक पेटिमा गीत गाउँदै गुजारा गर्ने नागरिकलाई लामा अमृत फाउण्डेसनले आर्थिक सहयोग गरेको छ ।

फाउण्डेसनले पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिकी गुजारा गर्दै आएका २२ जना दृष्टिविहिन नागरिकलाई आर्थिक सहयोग गरेको हो ।

लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको अगुवाई तथा लोकदोहोरी गायिका तथा नृत्यकार प्रीति आलेमगरको संयोजनमा संकलित रकम सहयोग गरेको हो ।

प्रतिव्यक्ति ६ हजार ५ सयका दरले (१ लाख ४३ हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->