आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मान्छे र हात्ती रक्सीका लोभी

मान्छे र हात्ती रक्सीका लोभी


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०७९, शनिबार

पोखरा/ पत्रकार तथा अध्येता ददि सापकोटाले हात्ती र मान्छे दुवै रक्सी देखेपछि लोभिने गरेको तथ्य पेश गरेका छन् ।
रक्सी देख्यो भने हात्तीले त्यसलाई जसरी पनि त्यो खान्छ । घर भत्काएर भए पनि खान्छ र मैमत्त हुन्छ’, उनले भने,‘ हात्ती मान्छेजस्तै हो। रक्सी खाएपछि हात्ती पनि हुलै गएर कुनै ठाउँमा जान्छन् र रमाउँछन् । ’
पोखराको बाराही घाटमा जारी नेपाल साहित्य सम्मेलनअन्तर्गत ‘चराचुरुङ्गी र जनावरका आनीबानी’ विषयक अन्तक्र्रियाको उपक्रममा उनले झापाको बेलडाँडी क्षेत्रमा भएको हात्ती आतंकको एउटा कारण हात्तीले रक्सीको सुइँको पाएको हुनसक्ने संकेत पनि गरे । उनले बार बाँधेर वा हात्तीलाई अत्याएर हात्ती आतंक रोक्न नसकिने पनि बताए ।

सो क्षेत्रमा हात्ती आतंक कसरी रोक्नको लागि सशस्त्र प्रहरीको बेसक्याम्प राखिएको प्रसंगमा उनले सशस्त्र क्याम्प राख्ने भनेको मान्छेले आफ्नो लागि राखेको हो र त्यसले हात्ती खेद्न नसक्ने टिप्पणी गरे ।
‘हात्ती अजङ्गको जनावर हो र यसले केही बुझ्दैन भन्ने लाग्छ तर त्यस्तो हैन । हात्तीमा पनि बदला, प्रेमलगायतका स्वभाव हुन्छ। त्यहाँ सशस्त्र प्रहरीको क्याम्प राखेर हैन,त्यसलाई रोक्ने व्यवहारिक कामहरु गर्नुपर्छ’,उनले थपे,‘ बाहुनडाँडी भनेको हात्तीहरु बसाइँसराइ गर्ने नारायणीको पुलजस्तै हो । हात्तीहरुले मान्छेले जस्तै घर बनाउन थालेको ३ हजार वर्ष भयो । त्यो हात्तीहरुले रजगज गरेको ठाउँ हो। पछि मान्छेले घर बनाइदिए र उनीहरु खेदिए ।’

उनी त्यतिमै रोकिएन् र भन्दै गए,‘नेपालमा हात्ती आसामबाट आउँछन्। कुनै हात्तीले चितवनमा आएर बच्चा जन्मायो भने त्यो बच्चा कसैले बाटो नदेखाइ आमा खोज्न आसाम पुग्छ। हात्तीलाई तपाईंले जिस्क्याउनुभयो भने त्यसले बदला लिन्छ। हात्ती नियन्त्रण गर्न हात्तीको आनीबानी थाहा पाउनुपर्छ। बाघ र सिंहसँग हात्ती डराउँछ । त्यसको आवाज रेकर्ड गरेर बजाउन सके हात्ती धपाउन सकिन्छ। हात्तीले खुर्सानी,हलेदो र खुसार्नी खाँदैन तर गैंडाले खुर्सानी देख्यो भने खाएरै छाड्छ ।

बार भत्काउँछ । भारतमा अकबरे खुर्सानीलाई अश्रुग्यास बनाएर हात्ती नियन्त्रणमा प्रयोग गरिएको छ । खुर्सानी धुलो बाल्नाले पनि हात्तीलाई पाखा लगाउन सकिन्छ । हात्ती बसाइँसराइ गर्छन् । गर्भिणी हात्तीले केराको पात खाँदिनन्। केराको पात खाँदा गर्भ तुहिने सम्भावना बढी हुँदो रहेछ ।’
ददिले मान्छे र जनावरबीचको द्वन्द्व निर्मूल गर्न मान्छे सचेत हुनुपर्नेमा विशेष जोड दिए । उनले भने,‘ कि हात्ती निर्मूल पार्नुप¥यो कि त मान्छे निर्मूल हुनुप¥यो। हात्ती कहिल्यै घरपालुवा हुँदैन ।’ बाघको प्रसंगमा पनि उनले त्यही तर्क अगाडि सारे । बाघको बासस्थान मास्न नहुनेमा उनको जोड थियो ।

्‘बाघले आफ्नो क्षेत्र आफैं बनाउँछ,उसले रुखहरुका कोतरेको हुन्छ । त्यो कोत¥याइ हेरेर अर्को बाघले त्यो कुरा थाहा पाउँछ । बाघले आफ्नो क्षेत्रमा १३ वटा रसायन छाडेको हुन्छ, कुनैले बघिनीलाई आफ्नो सामथ्र्यको जानकारी दिन्छ भने कतिपय अवस्थामा उसले यो क्षेत्र मेरो हो भन्ने सन्देश प्रवाह गरेको हुन्छ’,उनले भने ।

प्रतिद्वन्द्वीलाई यो पाइला यति गहिरो छ, आकार यस्तो छ, यो आकारले अर्को बाघलाई सूचना दिने र अर्को बाघले त्यो पाइला हेरेर म लड्न सक्छु भन्यो भने भित्र पस्ने गरेको उनको भनाइ थियो ।
‘हट्टाकट्टा, बलियो, अरुलाई पछार्न सक्ने, आहारा समात्न सक्ने भाले चाहिने भन्ने हुन्छ । जति स्वस्थ बलियो बाघसँग सहबास ग¥यो उसका बच्चा त्यति स्वस्थ हुन्छन् । कुन हैसियतको बाघ हो भनेर जानकारी दिन्छ’ उनले थपे ।

पछिल्ला वर्षमा नेपालमा भँगेराको संख्या घटेको सुनिन्छ । भँगेराबारे जानकार अनुज घिमिरे भँगेराबारे अध्ययन नै नहुँदा संख्या घटेजस्तो देखिएको बताउँछन् । तर, उनी भँगेरा घटेको भन्ने विषयलाई इन्कार भने गर्दैनन् । सोही सेसनमा बोल्दै उनले प्रकृति संरक्षणमा सरकारको लगानी कम हुँदा संख्या घटेको बताए । ‘भँगेराको विषयमा अरु प्रजातिमा जस्तो अध्ययन नै भएको छैन । कतिले भन्नुहुन्छ भँगेरा कम देखिरहेका छौँ । तर, यकीनकै साथ भन्नलाई तथ्यांक छैन’, उनले भने, ‘आजभन्दा १५ वर्षअघि जति देखिन्थ्यो त्यो अहिले छैन भनिन्छ । बेलायतसहित केही देशमा भँगेराको संख्या घटेको देखाउँछ ।’

घिमिरेका अनुसार युरोपतिर भँगेरा भेटिनुको सम्बन्ध एसिया क्षेत्रसँग जोडिन्छ । ‘सन् १९६० तिर बेलायतबाट अमेरिका गएको देखिन्छ । अहिले यहाँ पाउने र त्यहाँ पाउनेमा फरक छैन’, उनले भने, ‘लामो समय छुट्टिएकाले उप–प्रजाति अर्को हुनसक्ने अवस्था रहन्छ । तरर, प्रजातिमा फरक हुँदैन । उहाँ कराउने र यहाँ कराउनेमा त्यस्तो फरक हुँदैन ।’ नेपाल सरकारले खर्च नगर्दा चराचुरुंगी र जनावारमाथि अध्ययनमा आकर्षित हुने अवस्था नबनेको घिमिरेको भनाइ छ । घिमिरेसँग गफिँदै पत्रकार देवेन्द्र भट्टराईले राखेको जिज्ञासामा अनुजले भने, ‘धेरैजसो बैज्ञानिकहरु पुरुष भएकाले चरामा पनि चरीको अनुसन्धान कम भएको छ ।’

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->