शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

रेडक्रस म्याग्दी सभापतिमा बानियाँ

रेडक्रस म्याग्दी सभापतिमा बानियाँ


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७९, बुधबार

म्याग्दी/ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको सभापतिमा अमर बानियाँ निर्वाचित भएका छन् । शाखाको सदरमुकाम बेनीमा सम्पन्न ३०औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट बानियाँको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

शाखाको उपसभापतिमा विष्णुकुमारी रोका, काशिराम रेग्मी, मन्त्रीमा यामबहादुर चोखाल, कोषाध्यक्षमा नवराज पौडेल, उपमन्त्रीमा मोतिराज उपाध्याय र उपकोषाध्यक्षमा शिव बानियाँ निर्वाचित भएका छन् । यसैगरी शाखाको कार्यसमिति सदस्यहरुमा दविना रोका, निलकुमारी भण्डारी, टिका घताने, सुरत केसी, राजेन्द्र आचार्य, मुक्तिप्रसाद ढुङ्गाना, हिराबहादुर पुन, तारानाथ शर्मा, हरिप्रसाद सुवेदी र रेशमबहादुर बानियाँ निर्वाचित भएको जनाइएको छ ।

साधारणसभाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र सहभागी हिरा पुनले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभामा रेडक्रसका मन्त्री चोखालले प्रगति र कोषाध्यक्ष पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाको अवसरमा उत्कृष्ट कार्य गरेको भन्दै रेडक्रस पुलाचौर उपशाखा र आजीवन सदस्यतर्फ धेरै महिला सदस्यहरु वृद्धि गरेकोमा दाना उपशाखालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->