शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

नेपालकै पहिलो सर्वाधिक राशिको अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुने

नेपालकै पहिलो सर्वाधिक राशिको अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुने


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७९, बिहिबार

पोखरा / नेपालमा पहिलो पटक सर्वाधिक राशिको अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने भएको छ ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ हुन लागेको हो । नक्साल स्थित मेरियोट होटलमा प्रतियोगिताको घोषणा गरिएको हो ।

‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले रु. एक करोड पाउनेछन् । साथै फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि रु. एक करोड पुरस्कार पाउनेछन् । फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले यो रकम नेपालको सर्वाधिक पुरस्कार राशी रहेको बताए ।

उनले प्रतियोगिताका लागि विश्वभर रहेका १८ वर्ष माथिका कलाकारले सहभागिता जनाउन पाउने बताए ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि इन्ट्रा नेशनल एप मार्फत आवेदन दिन सक्ने उनले बताए ।

शो मा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने उनको भनाइ रहेको छ ।

“हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुःखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।” उनले भने ।

पहिलो चरणमा प्राथमिक छनौट हुनेछ । प्राथमिक छनौट पश्चात अडिसन सञ्चालन गर्नेेछ । यी दुबै शोहरुको आवेदन जनवरी अन्तिमसम्म खुल्ला गरिएको छ ।

कम्पनीका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान लगायत वरिष्ठ गायकहरू समावेश छन् ।

साथै मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई रहेका छन् । शोको निदेर्शनमा एलिन श्रेष्ठ रहेका छन् ।

फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत् सहभागिता हुने विश्वास लिएको छ ।

संस्थाको बारेमा

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो । जस्ले नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्छ ।

फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनाहरुमा काम गरिरहेको छ । ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ फाउन्डेसनकाले सञ्चालन गर्न लागेको नयाँ कार्यक्रमहरू हुन् जुन नेपालको चाँडै प्रसारण हुने प्रक्रियामा छ ।

यसका साथै फाउन्डेसनले आफ्ना परियोजनाहरू मार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई पनि सहयोग गर्ने लक्ष्य राखेको काम गरिरहेको छ ।

हाल, फाउन्डेसनले विभिन्न स्थानमा रहेका कार्यालयहरू मार्फत नेपाली भाषी समुदायहरूमा खेलकुद, स्वास्थ्य, शिक्षा र राहत वितरणलाई जस्ता विविध क्षेत्रमा काम गरिरहेको छ ।

फाउन्डेसनले ‘मेरो भ्वाइस युएसए’ र ‘मेरो डान्स युएसए’ गरी दुई फरक रियालिटी शोहरू आयोजना गर्दै आएको छ जुन क्रमशः दुई र चार सिजन सफलतापूर्वक सञ्चालन भएका छन् ।

फाउन्डेसनले प्रसिद्ध शिक्षकहरूको नेतृत्वमा निःशुल्क नृत्य तथा गायन कक्षा पनि सञ्चालन गर्दै अएको छ ।

यी कक्षाहरुबाट करिब पाँच सय विद्यार्थी लाभान्वित भइरहेका छन् । त्यसैगरी, फाउन्डेसनले अमेरिकामा रहेका नेपाली भाषी समुदायहरुमा फुटबल, क्रिकेट, स्नेकर र भलिबल जस्ता विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

फाउन्डेसनले नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीहरूको जीवनशैलीलाई उकास्न सक्रिय रूपमा काम गरिरहेको छ ।

यी शिविरहरुमा फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुद जस्ता क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->