शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

आजदेखी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा, अन्तर्राष्ट्रिय उडान भने अन्योलमै

आजदेखी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा, अन्तर्राष्ट्रिय उडान भने अन्योलमै


  • विजय नेपाली
  • पुष १७ २०७९, आइतबार

पोखरा/४५ वर्षअघि परिकल्पना गरिएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल आजदेखी संचालनमा आउँदैछ । विमानस्थल संचालनका लागि भव्य समारोह गर्ने पोखरा महानगरपालिकाको तयारी छ । तयारीकै बीचमा आज महानगरले आफ्ना कर्मचारीलाई सार्वजानिक विदा समेत दिएको छ । विदा विमानस्थलमा हुने समारोहमा सहभागिता जनाउनका लागि हो । महानगरले स्थानीय तहमै विदा दिनसमेत भनेको छ । अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएपनि अन्तर्राष्ट्रिय उडान भने अझै अन्योलमा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गर्नेछन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार उद्घाटनको सबै तयारी पूरा भएको छ । तर, विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने अहिले नहुने भएको छ । बुद्ध एयरले १ महिना अघिदेखि अन्तर्राष्ट्रिय उडानको अनुमति मागे पनि भारतबाट अहिलेसम्म अनुमति पाएको छैन । अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि पहिलो उडानको लागि चासो देखाएका थिए । तर, भारतले बनारस उड्न सोझो रुट नदिएका कारण अहिले उडान नहुने भएको हो ।

धेरैले पहिलो दिन नै अन्तर्राष्ट्रिय उडान हुने बताइरहेका थिए । तर, नेपालकै हिमालयन एयरलाइन्सले काठमाडौँबाट पोखरामा ठूलो जहाज अवतरण गर्ने छ । १० बजे उक्त विमान पोखरा ल्याण्ड हुने प्राधिकरणका पोखरा प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार, अन्तर्राष्ट्रिय उडान आज नहुने भएको हो । ‘फेबु्रेअरीबाट दैनिक १८ घण्टा संचालन गर्ने तयारी छ । यहाँ दुवई, कतार, जजिरा लगायतले उडानका लागि इच्छा देखाएका छन् । यहीकै बुद्धले भारतबाट उडान भर्ने अनुमति मागे पनि अहिलेसम्म अन्योल छ’ उनले भने । उनले घुमाउरो शैलीमा आजै अन्तर्राष्ट्रिय उडान नहुने र यसका लागि एक महिना बढी समय लाग्ने स्पष्ट पारे ।

विमानस्थल संचालनमा आएसंगै वार्षिक ५० करोड आम्दानी हुने नागरिक उड्डयन प्राधिकरणको अनुमान रहेको छ । उक्त विमानस्थलको बारेमा राम्रो प्रचार गर्नसके वाषर््िाक एक अर्ब रुपैयाँ आम्दानी हुने उनको भनाई छ ।

विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच २०७१ जेठ ८ गते ठेक्का सम्झौता भएको थियो । २०७३ बैशाख १ गते शिलान्यास भएको विमानस्थल निर्माणका लागि एक्जिम बैंकले १७ जेठ २०७४ देखि ऋण प्रवाह थालेपछि २०७४ साल असार २७ गतेदेखी काम सुरु भएको थियो । चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण सुरु गरेको करिब ५ वर्षमा सम्पन्न गरेको हो । विमानस्थल निर्माण गर्न नेपाल सरकारले चीनको एक्जिम बैंकबाट २१ करोड २९ लाख अमेरिकी डलर (२७ अर्ब १४ करोड रुपैयाँ) ऋण लिएको छ । २१ मार्च २०१६ अर्थात् ८ चैत २०७२ मा भएको ऋण सम्झौता अनुसार ऋण लिएको २० वर्षभित्र तिरिसक्नुपर्नेछ । जसका लागि नेपालले वार्षिक १५ करोड रुपैयाँ ब्याज तिर्नुपर्ने हुन्छ ।

पुरानो विमानस्थल प्रशिक्षण तथा पोखरा टावर बन्यो

गौतमका अनुसार, हाल संचालनमा आइरहेको पोखरा विमानस्थललाई पोखरा टावरको रुपमा राखिएको छ । अब आन्तरिक उडान समेत नयाँ विमानस्थलबाट हुने भएपछि पुरानो विमास्थललाई नयाँ विमानस्थलको टावरको रुपमा प्रयोग गर्न लागेको हो । ‘प्राविधिक भनाईमा अब त्यो विमानस्थल (पुरानो) फेला टावरको रुपमा रहन्छ । अर्थात् त्यसलाई हामीले पोखरा टावरको नामाकरण गरेका छौं । त्यसले अब पोखराबाट दुरी र दिशा देखाउने काम गर्छ’ उनले भने, ‘त्यो बाहेक त्यहाँबाट अल्ट्रालाइट, हेलिकप्टरले उडान भर्नेछ । मनाङ, मुस्ताङको लागि समेत सोही विमास्थल संचालनमा आउने छ ।’
ती बाहेक उक्त विमास्थललाई प्रशिक्षण स्थलको हव बनाउने तयारी भइरहेको उनको भनाई छ । ‘यसलाई टे«निङको हबको रुपमा विकास गर्न चाहान्छौं । जसका लागि योजना अघि बढेको छ । यहाँ पाइलट टे«निङ सेन्टरको रुपमा स्थापना गराउने लक्ष्य छ । त्यो भयो भने यसलाई टे«निङ सेन्टरको हब बनाउन सक्छौ ।’

अन्तर्राष्टिय विमानस्थल संचालनलाई अब कुनै बाधा छैन् : मेयर धनराज

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विमानस्थल संचालनका लागि कुनै बाधा नरहेको जानकारी दिए । महानगरपालिकामा समुद्घाटन समारोहबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मुख्य समस्याको रुपमा रहेको ल्याण्डफिल साइडको अस्थायी र स्थायी दुवै प्रक्रिया अघि बढिसकेका कारण ल्याण्डफिल साइटका कारण अब विमानस्थल संचालनमा बाधा नआउने बताए । ‘अब ढुक्कका साथ विमास्थल संचालनमा आउँछ । हामीले हिजोमात्रै निकै मिहेनत पश्चात पोखराको लामेआहालमा फोहोर व्यवस्थापन गर्ने सर्वसम्मत गरेका छौं । अस्थायी रुपमा अब फोहोर त्यहाँ व्यवस्थापन हुन्छ’ उनले भने, ‘त्यो बाहेक दीर्घकालिन रुपमा समाधान गर्न हामीले फोहोरलाई मोहोरमा बदल्ने गरि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीलाई आह्वान गरेका छौं । अबको दुईचार दिनमा त्यसको पनि टुंगो लाग्नेछ ।’

उनका अनुसार, अब वैदेशिक रोजगारमा जान चाहनेका लागि श्रम, मेडिकल लगायतका काम पोखराबाटै हुने व्यवस्था छ । भैरहवामा जस्तो समस्या पोखरामा नभएको र सहजै यहिबाट काम गर्ने गरी व्यवस्थापन भएको हो । उनले विमानस्थल संचालनमा आउने खुसीयालीमा पोखराका सबै घरमा दिपावली गर्न समेत अनुरोध गरे । ‘यो हाम्रो ५० वर्षदेखीको सपना हो, जुन सपना आज पुरा हुँदैछ । त्यसैले पोखराका हरेक नागरिकले आ–आफ्नो घरमा दिपावली मनाऔं ।’ अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शंकरराज पाठक र पदम खत्रीलाई नागरिक अभिनन्दन गरिने उनको भनाइ छ । दुवैजनालाई अभिनन्दन गरिने भनिएपनि पदम खत्री उपचारका बाहिर रहेकाले पाठकलाई मात्र गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->