आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गण्डकी प्रदेश स्तरीय नाटक महोत्सवमा १९ नाटक छनोट

गण्डकी प्रदेश स्तरीय नाटक महोत्सवमा १९ नाटक छनोट


  • संजय रेग्मी
  • पुष ३० २०७९, शनिबार

पोखरा/ पोखरामा रहेर नाटक मञ्चन र नाटकको विकासका लागि काम गर्दै आइरहेको पोखरा थिएटरको आयोजनामा गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवका लागि १९ नाटक छनोटमा परेका छन् ।

महोत्सवका निर्देशक परिवर्तनका अनुसार यस वर्ष हुने तेस्रो विद्यालय नाटक महोत्सव आगामी माघको १५ गतेदेखि २१ गतेसम्म सात दिनका लागि गर्न लागिएको छ। छनोटमा परेका तिनै १९ वटा नाटकलाई महोत्सव अवधिमा मञ्चन गरिने छ। छनोटमा पर्नका लागि २९ वटा नाटकको आवेदन आएको भए पनि १९ वटा मात्रै छनोटमा परेका हुन् ।

छनोटमा परेकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली माविको ‘परिवर्तनपुर’, लमजुङको विद्याज्योती माविको ‘मुक्ति’, तनहुँको व्यास दिव्यज्योति बोर्डिङ स्कुलको ‘गुलेली मास्टर’, स्याङ्जाको मिर्मी आधारभूत विद्यालयको ‘महिनावारी’, म्याग्दीको बेनी सामुदायिक माविको ‘जल्न नसकेको लास’, बागलुङको रुद्रेपिपल माविको ‘जिम्मेवारी’ रहेका छन् ।

बाँकी रहेका १३ वटा नाटकहरू भने कास्की जिल्लाका बिद्यालयहरुबाट छनोटमा परेका छन् । तिनीहरू प्रतिभा माविको ‘यात्रा राजधानीको’, विन्ध्यवासिनी माविको ‘तुलसी’, विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलको ‘प्रत्यागमन’, करुणानिधि एजुकेसन फाउन्डेसन माविको ‘लौ आयो ताजा खबर’, छोरेपाटन मा.वि.को ‘कन्यादान’, हिल पोइन्ट स्कुलको ‘छुने नजर’, प्रगति माविको ‘करेसा कन्सर्ट’ रहेका छन् । यस्तै बाल मन्दिर माविको ‘आमाको माया’, नवदीप बोर्डिङ स्कुलको ‘दूर देशको भीर गाथा’, भानुभक्त आवासीय मावको ‘समय पीडा’, कास्की मोर्डनाइज्ड एकेडेमीको ‘पश्चताप’, वेलनोन एकेडेमीको ‘जिउँदा अवशेषहरू’ र माछापुच्छ्रे माविको ‘चित्कार’ पनि छनोटमा परेका संयोजक परिवर्तनले बताए ।

एकल अथवा सामूहिक रूपमा पनि प्रस्तुत गर्न सकिने नाटकका लागि प्रत्येक विद्यालयले लेखक, निर्देशक, कलाकार, प्राविधिक, विद्यालय प्रतिनिधि गरेर बढीमा १५ जना सम्मको समूह बनाएका छन् । नेपाली नाटक मात्रै समावेश महोत्सवमा माध्यमिक तह अर्थात् कक्षा १२ सम्मका विद्यार्थीहरूले अभिनयमा भाग लिने छन् । लेखन, निर्देशन, प्राविधिकको लागि भने खुला रूपमा जसले पनि गर्न सक्ने भनिएको छ । पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरेर त्यहाँको कथावस्तु, भाषा शैली, संवाद, प्रस्तुतीकरण, मञ्चीयता, मौलिकता लगायतका तत्त्वहरूलाई आधार मानेर नाटक छनोट गरिएको हो।छनोट भएका नाटकहरूलाई आयोजकले आवश्यकताको आधारमा सल्लाह, सुझाव र सहजीकरण गर्ने तथा छनोट भएका नाटकका कलाकार, व्यवस्थापक र प्राविधिकहरूलाई प्रमाण–पत्र, मेडल र नगद १० हजार रुपैयाँले सम्मान गर्ने पनि पोखरा थिएटरले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->