बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रश्न अनुसारको जवाफ !

प्रश्न अनुसारको जवाफ !


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७९, शनिबार

उटपट्याङ प्रश्न तेस्र्याएर आफ्ना मन्त्री–सल्लाहकारहरूलाई सधैं हैरान पार्ने अकबरले एकदिन दरबारियाहरूसामु एउटा त्यस्तै प्रश्न राखे । कुनै जवाफ सोच्न नसकिरहेका दरबारियाहरू मुन्टो निहु¥याएर बसिरहेका बेला वीरबल सभाहलमा प्रवेश गरे । राजाको स्वभाव बुझ्ेका वीरबलले सभाकक्ष किन गम्भीर छ भन्ने चाल पाइहाले । उनले राजातिर फर्किएर भने ‘सरकार ! के त्यो प्रश्न मैले पनि थाहा पाउन सक्छु ?’

राजाले प्रश्न दोहो¥याए– ‘हाम्रो शहरमा जम्मा कतिवटा काग छन् ?’
राजाको मुखबाट प्रश्न झ्रिनसक्दै, सोच्दै नसोची वीरबलले जवाफ फर्काए ‘५० हजार ५८९ वटा काग छन् सरकार हाम्रो शहरमा ।’

अकबरले आश्चर्य मान्दै सोधे— ‘तिमीसँग के प्रमाण छ, यहाँ त्यति नै काग छन् भनेर ?’
त्यसमा वीरबलको जवाफ थियो ‘सरकार ! प्रभुका विश्वासपात्रहरूले यहाँका काग गनुन् । तिनले मैले भने जति नै पाउने छन् । कथंकदाचित मैले भनेभन्दा बढी काग भेटिए भने ती यहाँ आफन्तलाई भेट्न आएका हुन् र भनिए भन्दा कम भेटिए त्यति काग आफन्त र इष्टमित्र भेट्न यहाँबाट बाहिर गएका छन् भन्ने बुझनुपर्छ ।’यस्तो सटिक जवाफका निम्ति वीरबललाई स्याबासी दिनुको विकल्प नै बाँकी थिएन अकबरसँग ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->