बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अरनिको एशिया : एक प्रस्तावनामाथि चर्चा

अरनिको एशिया : एक प्रस्तावनामाथि चर्चा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०७९, आइतबार

बागलुङ/ बलबाहु नामले चिनिएका नेपाली कलाकार अरनिकोको जीवनीमा आधारित पुस्तकमाथि चर्चा गरिएको छ । शनिबार कुश्मा बजारस्थित शताब्दी घरमा अरनिको एशिया ः एक प्रस्तावना पुस्तकमा छलफल भएको हो ।

स्रष्टासँगै पाठकसँग गरिने संवाद र बिश्लेषणबारे हुने चर्चा आजकल बढ्न थालेको छ । केही समयअघि बागलुङमा लेखक खगेन्द्र संग्रौलाको जीवनीमा लेखिएको बागी पुस्तकमाथि पनि बिमर्श भएको थियो । कलाकार अरनिकोको कलाकारिता र जीवनीबारे पर्वतको मोदी गाउँपालिकाका गणेशकुमार जिसीले पुस्तक लेखेका हुन् । उनले थप अनुसन्धान भैरहने विषय भएकोले यो पुस्तक पूरा नभएको बताए । त्यसैले उनले यो पुस्तकको नाम नै एक प्रस्तावना लेखेको बताएका छन् ।

शनिबार आयोजित पुस्तक चर्चा कार्यक्रममा जिसीले नेपालका महान कलाकार भएर विदेशी भूमिमा समेत चर्चा पाएका कलाकारबारे नेपालमा भने कुनै लेखोट समेत राख्न नसक्नु दुर्भाग्य भएको बताए । उनले विषय उठान गरेको भन्दै अब धेरै खोजी गर्न सकिने बताए ।

कार्यक्रममा पर्वत साहित्य संगमका अध्यक्ष इन्द्रमान खत्रीले कलाकार अरनिकोले जानेको काष्ठकलाबाट चीनको बिकासमा योगदान पुगेको बताए । उनले नेपालले भने उनको काष्ठकलाबाट के कति फाइदा पायो भन्ने कुनै इतिहास लिखित नभएको भन्दै नेपालीहरुमा महत्वपूर्ण काम र तिथि मिति लेखेर राख्ने चलनसमेत नभएको बताए । नयाँ पुस्तालाई अरनिकोको योगदान पढाउनु पर्ने र अबदेखि गरिने जुनसुकै कलाको तथ्यांक र मिति राख्नुपर्ने खत्रीले धारणा राखे ।

बाह्रौ शताब्दीमा नेपालबाट अरनिको चीनमा गएका थिए । तत्कालीन राजाले नेपालका कलाकारहरुको प्रतिनिधित्व गर्दै ८० सदस्यीय कलाकार पठाउँदा अरनिकोले चीनमा पुगेर काष्ठकलाको ठूलो विकास गरेको इतिहास छ । यद्यपि, ती इतिहासहरु दस्तावेजमा कम भेटिन्छन् । कार्यक्रमका सहभागिले लेखकलाई विभिन्न जिज्ञाशा राख्दा जिसीले भने यस्तै सय जिज्ञाशा लिएर साहित्यकार सत्यमोहन जोशीकोमा पुगेपछि यो पुस्तक लेख्ने प्रेरणा आएको बताए ।

स्रष्टा गणेशकुमार जिसीको अध्यक्षतामा सम्पन्न पुस्तक चर्चा कार्यक्रममा पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतले पुस्तकबारे विश्लेषण गरेका थिए । कुश्मा आर्ट परियोजनाका अध्यक्ष आरके गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->