बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘वात्स्यायन’को रथारोहणसहित नागरिक अभिनन्दन

‘वात्स्यायन’को रथारोहणसहित नागरिक अभिनन्दन

इगलआइ आर्ट स्टुडियो कलायात्राको टर्निङ प्वाइन्ट : वात्सायन


  • राजाराम पौडेल
  • चैत्र ५ २०७९, आइतबार
कलाकार दुर्गा बराल ‘वात्स्यायन’को रथारोहण।

पोखरा/ वरिष्ठ कला तथा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’लाई पोखरामा शनिबार रथारोहणसहित विशेष नागरिक अभिनन्दन गरिएको छ । उनी ८० वर्ष पुगेको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको आयोजना तथा पोखराका वाङ्मयिक एवं सामाजिक संघ संस्थाहरुको सहकार्यमा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको हो । ‘वात्सायन’ निवास पोखरा–३, नदिपुरबाट सुरु भएको बाजागाजासहितको रथारोहण बगर, बागबजारहुँदै विन्ध्यवासिनी मन्दिरमा औपचारिक अभिनन्दन समारोहमा परिणत भएको थियो । स्थानीयले फूलसहितका घडाले रथारोहणको स्वागत गरेका थिए ।

कार्यक्रममा ‘वात्स्यायन’लाई नेपाली चित्रकला जगतका शीर्षस्थ प्रतिभा, नेपाली व्यङ्ग्य चित्रकलाका सर्वोच्च शिखर घोषणासहित अभिनन्दन पत्र अर्पण गरियो । वरिष्ठ साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ,हरिदेवी कोइरालालगायतले अभिनन्दन पत्र थमाउँदा वात्सायन मुस्कुराइरहेका थिए ।

अभिनन्दन ग्रहण प्रश्चात बोल्दै बरिष्ठ कार्टुनिष्ट वात्स्यायनले आफ्नो कला यात्राको टर्निङ प्वाइन्ट इगलआइ आर्ट स्टुडियो खोल्नु रहेको बताए । उनले आफ्नो जीवन यात्रालाई सजिलोको लागि दुई खण्डमा विभाजन गर्ने गरेको खुलाए ।

‘इगलआइ आर्ट स्टुडियो मेरो सम्पूर्ण कला यात्राको टर्निङ प्वाइन्ट थियो । स्टुडियो स्थापना पहिलेको अवस्थालाई आफ्नो जीवनको पहिलो खण्ड भन्ने गरेको छँु’, उनले भने । आफ्नो जीवनको पहिलो खण्डमा विभिन्न उतार चढाव आएको सुनाए ।

स्टुडियो स्थापना पछिको अवस्थालाई आफ्नो सजिलोको लागि दोस्रो खण्ड भन्ने गरेको उनले खुलाए । आफ्नो कला यात्राले लय भने स्टुडियो स्थापना पश्चात समातेको उनको भनाइ थियो । आजकाल हरेक बिहान पैदलयात्राबाट फर्किादा मोहरिया टोलमा रहेको एक बोर्डमा आफ्नो प्रतिबिम्ब देख्ने गरेको सुनाए ।

‘पुरानो सुन चाँदी पसलको घरको छानामा अड्याइएको ४०–५० वर्ष अगाडिको एउटा पुरानो बोर्डले त्यो समयको प्रवाहमा कता–कता कान्तिविहीन भएको जस्तो लाग्छ मलाई, त्यसमा मेरो प्रतिबिम्ब देख्छु । त्यसले सुनचाँदी पसलभन्दा केही तल रहेको इगलआइ स्टुडियोको सम्झना अझै गराउँछ’, उनले भने ।

यो क्षेत्रमा लाग्नुको मुख्य कारण सौन्र्दयप्रतिको चेत भएको उनको भनाइ छ । उनले नागरिक अभिनन्दनले थप जिम्मेवारीबोध गराएको भन्दै सक्ने समयसम्म कलायात्रालाई निरन्तरता दिने वाचा पनि गरे ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको अभिनन्दन समारोहमा साहित्यकार सरुभक्त र संस्कृतीकर्मी तीर्थ श्रेष्ठले समेत ‘वात्सायन’लाई थप नजिकबाट चिनाए । परिवारका सचिव चैतन्य अधिकारीले सञ्चालन गरेको कार्यक्रममा साहित्यकारले ‘वात्सायायन’को बारेमा रचना गरिएका कविता समेत सुनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->