शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङमा गोलाप्रथाबाट लोकतान्त्रिक–बाम गठबन्धनका अमीशा तिलिजा विजयी

मुस्ताङमा गोलाप्रथाबाट लोकतान्त्रिक–बाम गठबन्धनका अमीशा तिलिजा विजयी


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०७९, सोमबार

बेनी /हिमाली जिल्ला मुस्ताङको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सभापतिका प्रत्यासीको मत बराबरी आएपछि गोलाप्रथाबाट एकीकृत समाजवादी निकट अनेरास्ववियुकी अमीशा तिलिजा विजयी भएकी छिन्। आइतबार भएको निर्वाचनमा कुल ४२ जना मतदाता मध्ये ३७ जनाले मतदान गरेका थिए। अध्यक्ष पदमा अनेरास्वियुका अध्यक्ष पदका उम्मेदवार एलिस थकाली र एकीकृत समाजवादी निकट अनेरास्ववियुकी तिलिजाले समान १८/१८ मत प्राप्त गरेका थिए ।

एक बदर भएको थियो। दुवै उम्मेदवारको मत बराबरी भएपछि स्ववियु निर्वाचन कमिटीले गोलाप्रथाबाट तिलिजा विजयी भएको घोषणा गरेको थियो । एमाले निकट अनेरास्ववियुका सचिव र कोषाध्यक्ष पदमा उम्मेदवारले मनोनयनपत्र फिर्ता लिएपछि नेविसंघका सचिव पदकी उम्मेदवार रविना गुरुङ र कोषाध्यक्ष पदका असिम गुरुङ निर्विरोध निर्वाचित भएका थिए ।

मतपरिणाम अनुसार प्रत्यक्षतर्फ बाम लोकतान्त्रिक गठबन्धनको प्यानलका तर्फबाट एकीकृत समाजवादी निकट अनेरास्ववियुले अध्यक्ष पदसहित ३ पदमा विजय भएको छ भने नेपाली कांग्रेस निकट नेविसंघले ३ पदमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। समानुपातिकतर्फ नेविसंघले ४ पद र एमाले निकट अनेरास्ववियुले १ पदमा विजयी हासिल गरेको स्ववियु निर्वाचन अधिकृत अदितीयचन्द्र थकालीले जानकारी दिए।

तस्वीर सौजन्य : सुन्दर थकाली

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->