बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खोजी खोजी नष्ट गरौं छुवाछुतको जरा

खोजी खोजी नष्ट गरौं छुवाछुतको जरा


  • भीमबहादुर परियार
  • चैत्र ७ २०७९, मंगलबार

परी आउँदा सक्छु मैले ज्यान पनि दिन
मान्छे मान्छे एउटै हो छुवाछुत किन ।

छुवाछुत यथावत छ ढाट्या मैले होईन्
दलितका नि हातखुट्टामा दही जम्या छैन ।

दमाई दाईले सिलाएको फरिया र चोली
सुनपानीले छर्केपछि चोखो हुन्छ भोली ।

सार्की दाईले बनाईदिन्छ खेत जोत्ने हलो
पानी भने छोईन्छ भन्छन्, रक्सीको बोतल चल्यो ।

गाईने दाईले बजाईदिन्छन् कति राम्रो धुन
गैरदलित साथीभाई त बैगुनी हुन ।

कामी दाईले बनाईदिन्छन् खाना खाने भाँडो
पानी खाने कुवामा गोफलाको काँडो ।

माझीदाईले बनाईदिन्छन् माछा मार्ने जाल
गणतन्त्र, लोकतन्त्र पुरानै छ ताल ।

सुनारदाईले बनाईदिन्छन् सुनको हार
मान्छे समेत चल्दापनि के को आईतबार ।

सबैको रातो रगत किन देख्छौ पर
ठूलो जातको शरीरमा सेतो रगत छ र ?

जातभात छुट्टाउने कुन पापीको भुल
आरसिसि घरमा उठ्दैन नि मुल ।

जातभात बनाएका आँफै जानी जानी
सबैले खाएका छौं यही नेपालको पानी ।

एक्काईसौं शदाव्दीमा बोल्छौ भाँती भाँती
पानी चोखो त्यहाँ हुन्छ मुक्तिनाथ माथी ।

सुनार दाईले बनाईदिन्छन् नाकमा फुली
सुनार दाईको ठिटोदेखी बाउआमा नि भुली ।

बगी जाने पानी त उडी जाने चरा
खोजी खोजी नष्ट गरौं छुवाछुतको जरा ।

बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->