बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७९, बिहिबार

मुस्ताङ/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् ।

मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृस्ना गौचन सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, रिक्साङ गरुङ, समिर थापा र कर्साङ गुरुङ चयन भए । उनीहरुलाई मंगलबार नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरको उपस्थितिमा पदस्थापन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->