बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

झलकमान गन्धर्वको ८८ औं जन्मजयन्ती मनाईयो

झलकमान गन्धर्वको ८८ औं जन्मजयन्ती मनाईयो


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०८०, बुधबार

पोखरा/ वरिष्ठ लोक गायक स्वर्गीय झलकमान गन्धर्वको ८८ औं जन्म जयन्ती पोखरामा मनाइएको छ । ग्रामीण क्षेत्रका लोक लयलाई टपक्क टिपेर त्यसमा स्वर तथा सारङ्गीको धुन भर्ने सर्जग गन्धर्वको बाटुलेचौरमा रहेको शालिकमा माल्यार्पण गरी जन्म जयन्ती मनाइएको हो ।

नेपाल गन्धर्व सामुदायिक विकास केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि शालिक निर्माण समितिका संयोजक तारा प्रसाद तिमिल्सिनाले गन्धर्वको प्रतिमामा माल्यार्पण गर्दै स्वर्गीय झलकमान गन्धर्वले नेपाली लोकगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भएपनि राज्यले उचित सम्मान नदिएको बताए ।

केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ५ का पूर्वअध्यक्ष धनबहादुर नेपाली,कवि रामबहादुर बानियाँ, समाजसेवी चित्रबहादुर थापा, जगन्नाथ तिमल्सिना, सर्जग दीलिप गायक, केन्द्रका भिमबहादुर गायक, वरिष्ठ सारङ्गीवादक खिमबहादुर गायक लगायतकाले स्वर्गीय गन्धर्वले सारङ्गी संरक्षण तथा लोक सिर्जनाको क्षेत्रमा दिएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा झलकमान सारङ्गी पाठशालाका विद्यार्थीद्वारा स्वर्गीय गन्धर्वका गीतहरू प्रश्तुत गरेका थिए। जन्म जयन्तीकै अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत यही वैशाख १६ गते सारङ्गी वादन प्रतियोगिता हुने भिमबहादुर गायकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->