शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाको वालिङमा ‘लेखकीय सत्ताको सामर्थ्य’ विषयमा अन्तरक्रिया

स्याङ्जाको वालिङमा ‘लेखकीय सत्ताको सामर्थ्य’ विषयमा अन्तरक्रिया


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८०, बुधबार

स्याङ्जा / प्रथम राष्ट्रिय लेखक दिवसको सन्दर्भ पारेर नेपाली लेखक संघ स्याङ्जाले ‘लेखकीय सत्ताको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रम शनिवार गरेको छ । सोही अवसरमा सिर्जना वाचन समारोह २०८० पनि भएको छ । वालिङ नगरपालिका-६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

संघका अध्यक्ष मिलन समीरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीले व्यानरमा पढेर गरे । कार्यक्रममा राष्ट्रिय सभाका पुर्व सदस्य माननीय खगेन्द्रराज रेग्मी, वरिष्ठ साहित्यकार त्रिलोचन ढकाल, वरिष्ठ साहित्यकार डा. अच्युतशरण अर्याल, ज्याग्दिखोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्साल, नेपाली लेखक संघ स्याङ्जाका पुर्वअध्यक्ष कुमार राना, जीवलाल काफ्ले, प्रजातान्त्रिक विचार समाज स्याङ्जाका अध्यक्ष युक्तबहादुर बोगटी, वरिष्ठ साहित्यकार ध्रुवप्रसाद शर्मा पङ्गेनी, प्रगतिशील लेखक संघ स्याङ्जाका उपाध्यक्ष वरिष्ठ साहित्यकार अनन्त अर्याल, युवाकवि शम्भु अर्याल, दीपक लम्साल र नेपाल शिक्षक संघ स्याङ्जाका अध्यक्ष पशुपति पौडेलले लेखकीय सत्ताको सामर्थ्यको विषयमा आफ्ना विचार राखे ।

कार्यक्रम स्वागत नेपाली लेखक संघ स्याङ्जाका उपाध्यक्ष युवाकवि युवराज सुवेदीद्वारा गरेका थिए। कार्यक्रमको सहजीकरण नेपाली लेखक संघ स्याङ्जाका सचिव युवराज पौडेलले गरेका थिए ।

कार्यक्रममा साहित्यकार लेखनाथ काफ्ले, नारायणप्रसाद रेग्मी, सीताराम अधिकारी, यमकान्त खनाल, चण्डिकाप्रसाद भट्टराई, दमकला बगाले, रामचन्द्र भट्टराई, गोपाल जीटी, देवराज गैह्रे, गोपालप्रसाद अधिकारी, कमला अधिकारी सिग्देल, कमलप्रसाद बगाले, राजेश सुवेदी, श्यामप्रसाद ढुंगाना, विष्णुकुमार श्रेष्ठ, जीबी राना, दर्शन पाठक, राजकुमार उपाध्याय, दुर्गा सारु, मालारानी थापा क्षेत्री, सिजन अर्याल, स्मारिका अर्याल, सिम्रन खड्का, सन्चिता सुवेदी र एलिना पौडेल लगायतले आफ्ना रचना वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->