बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लघु कथाः नववीर

लघु कथाः नववीर


  • सुरेश राई
  • बैशाख ३० २०८०, शनिबार

भूतपूर्व लाहुरे हजुरबाले जङ्गिएर सोध्नु भो, ‘खै तिमीहरूको सिरुपाते ? खै चम्किलो धारमा रगत ? खै त शत्रुको छिनालिएको शिर ? खै … खै … कसरी तिमीहरू वीर ?’

दुब्ली पातली नातिनी बोलिन्, ‘हजुरबा ! म कम्प्युटरमा केही त्यस्ता काम गर्न सक्छु, जो संसारमा अरु कसैले सक्दैन ।’

सालिन भद्र नाति बोल्यो, ‘हजुरबा ! म संगीतमा केही त्यस्ता धुन बनाउँछु जसमा सारा विश्व झुम्छ। मलाई स्याबासी दिन्छ र पुरस्कृत गर्छ ।’

तेस्रो फुर्तिलो नाति बोल्यो, ‘हजुरबा म खेलकुदमा छु । देशको निम्ति क्रिकेट खेल्छु र देशलाई सधैं जित दिलाउँछु ।’

हजुरबा केहीबेर घोत्लिनुभो र शान्त स्वरमा भन्नुभयो, ‘ए … ए … बुझेँ बुझेँ । तिमीहरू नववीर हौ, नववीर ।’
आज देशलाई नववीरहरूकै खाँचो छ । स्याबास !’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->