बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कविता: तिम्रो साथ

कविता: तिम्रो साथ


  • सुशान्त थापा
  • बैशाख ३० २०८०, शनिबार

हुँदैन घामले आकाश भुलेको
समय कट्यो भने घामको
जूनले आकाशको साथ दिएको हुन्छ
के हाम्रो कहानी पनि त्यस्तै होइन र प्रिय ?
के हाम्रो सपनामा पनि एउटा क्यानभास छैन र ?
जुन त्यो स्वप्न गगनभन्दा रंगीन छ ।

त्यो तिम्रो सपनाको महल
मेरो विपनाको सहरमा
कहिले रहर भएर उभिने हो प्रिय ?
ती सपनाहरूमा अझै तिमी जून बनेर
साँझको दियोझैँ कहिले चम्किने हौ प्रिय ?

म जिन्दगी नै कुनै
उत्सवको उज्यालो भएझैँ मनाउनेछु
तिम्रो साथ मेरो विश्वास हो
फेरिफेरि उदाउने तिम्रो र मेरो रहर
एउटा आकाश खोजिरहेछ
म तिम्रो सजीव साथ
मेरो मनको दर्शनको
आँखीझ्यालबाट हेरिरहन्छु
अनि, महसुस पनि गरिरहन्छु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->