बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘हल्कारा’को हाउस फुल

‘हल्कारा’को हाउस फुल


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८०, आइतबार

पोखरा/ शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’हेर्न गाउँगाउँदेखि दर्शकहरु आउन थालेका छन् । शनिबार सार्ववजीक विदा पनि भएकाले पोखरामा रहेको क्युएफक्स हलमा हाउस फुल भएको छ । हल्कारा फिल्मका अभिनेता महेश त्रिपाठी कास्कीको पोखराका स्थानीय हुन् ।

उनले पहिलो पटक अभिनय गरेको तर रिलिजको हिसाबले तेश्रो बनेको चलचित्र हल्काराबाट प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट अभिनेता समेत बनेपछि उनको चर्चा व्यापक भएको थियो ।

कोभिड–१९ को महामारीले गर्दा केहि समय पहिले नै रिलिज हुनुपर्ने यो चलचित्र अहिले बल्ल रिलिज भएपछि दर्शकहरुको प्रतिक्षा पूरा भएको छ । शनिबार पोखराका हलमा सयौंको संख्यामा एकसाथ दर्शक आई चलचित्र हेरेका छन्।् । कास्कीका कास्कीकोट र मालेपाटन काहँु ढिकुरपोखरी,बााम्दीलगायतका गाउँबाट उनीहरु बस नै रिजर्भ गरेर पोखरा आएका थिए ।

गत वर्ष ५५औँ वल्र्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->