पोखरा/ पत्रकार दुर्गा अधिकारीद्धारा लिखित तथा सामाजिक व्यक्तित्व प्रभा पौडेल सुवेदीबाट प्रकाशित कृति‘आमा–२’ विमोचन गरिएको छ ।पुस्तकको लेखक पत्रकार दुर्गा अधिकारीपुस्तकको गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले विमोचन गरे ।
उनले जीवनकालभरीपरिवार,समाज र राष्ट्रका लागि महत्वपुर्ण योगदान दिएका आमाको ज्ञान सीप र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नैतिक शिक्षाको अभाबका कारणले समाज विकृत हुदै गएको बताए । लेखक पुस्तकमा आमाको आफ्नो अनुभुतिहरुका साथै विगतको समाज,मूल्य, मान्यता,संस्कार, परिवेश र स्थान अवस्थाको बारेमा जानकारी रहेको बताइन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सीना पगेनीले जेष्ठ नागरिकलाई हुने दुव्र्यवहार कम गर्न सचेतना जगाउनुपर्नेमा जोड दिइन् । पुस्तकका प्रकाशक समाजसेवी प्रभा पौडेल सुवेदीले आमाको ८१ औ जन्मोत्सवमा आमाले प्रदान गरेका ज्ञान,शिक्षा,वंश,शाखा सन्तानमा जानकारी दिने उदेश्यले पुस्तक प्रकाशनमा ल्याएको जानकारी बताइन् ।





