बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

चार स्याङ्जाली साहित्यकार पुरस्कृत

चार स्याङ्जाली साहित्यकार पुरस्कृत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८०, सोमबार

पोखरा/ बालनरसिंह–सुवर्णकुमारी अधिकारी स्मृति साहित्य पुरस्कार अर्पण तथा रचना कार्यक्रममा स्याङ्जाका चार साहित्यकार सम्मानित भएका छन् । स्याङजा जिल्लामा जन्मेर साहित्यको क्षेत्रमा कलम चलाउनेलाई पुरस्कार प्रदान गर्ने गरी आफ्ना मातापिताको स्मृति छोरा स्वर्गीय तोरणध्वज अधिकारीले २०५२ सालमा पुरस्कारको स्थापना गरेका हुन् ।

बासु गुठीद्धारा प्रदान गरिएको पुरस्कार २०८० बाट पुतलीबजार नगरपालिका १ की डा. रजनी ढकाल सम्मानित भइन् भने पुतलीबजार–१४, लामागेका चिन्तु गिरी (साहित्य पुरस्कार–२०७९), अर्जुनचौपारी–५, तालपोखरीका डा. कृष्णप्रसाद सापकोटा(साहित्य पुरस्कार–२०७८) र आँधीखोला–२, उखुबारीका डा. एकनारायण पौडेल(साहित्य पुरस्कार–२०७६) बाट सम्मानित भए । चारै जनालाई वरिष्ठ साहित्यकार, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राज्ञ सरूभक्तले दोसल्ला ओडाएर सम्मानपत्र नगद १५ हजार पाचँ रुपैयाँले पुरस्कृत गरे ।

साहित्यकार मिलन समीर, लोकहरी पाण्डे क्षितिज, शम्भु अर्याल, पराजित रेशम गोतामे, अव्यग्र अस्मित, अग्निकुमार पल्लव, कमला अधिकारी सिग्देल, बसन्त खनाल, लक्ष्मी काफ्ले लगायतका डेढ दर्जनले साहित्यकारले रचना वाचन गरेका गुठीका सचिव रविन केसीले जानकारी दिए ।

कार्यक्रममा प्राज्ञ सरूभक्तले हिँड्दाहिँड्दै, खाँदाखाँदै पनि साहित्य रचना हुने बताए । सरुभक्तले जिल्लाका साहित्यकारको लागि दिन बनाइएको पुरस्कारको छुट्टै महत्व रहेको बताए ।
कोभिडका कारण पुरस्कार रोकिएका कारण एकै पटक चार जनालाई प्रदान गरिएको हो । हालसम्म १७ जनाले यो पुरस्कार पाइसकेको र विगतमा दुई–दुई वर्षमा साहित्य क्षेत्रमा योगदान गरेका साहित्यकारलाई पुरस्कार प्रदान गर्ने गरिएकोमा २०७८ बाट एकएक वर्षमा पुरस्कार वितरण थालिएको गुठीका सचिव रविन केसीले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->